महिलामा थाइराइडको समस्या एकदमै धेरै देख्न पाइन्छ । यसमा हर्मोनल असन्तुलन र तौल बढ्नु जस्ता समस्या हुन सक्छन् । यो रोग अन्य कारणले गर्दा पनि हुन सक्छ ।
थाइराइड रोग होइन, घाँटीमा हुने ग्रन्थि हो । यसले टी ३ र टी ४ नामक हर्मोन बनाउँछ । यसले शरीरलाई चाहिने तत्त्व विभिन्न अंग र कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ ।
मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटु लगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो । थाइराइडको बिरामीहरूले यसको नियन्त्रणका लागि औषधिको सेवन गर्नु त अनिवार्य भइहाल्यो ।
साथै थाइराइड नियन्त्रणका लागि स्वस्थ खानपान र जीवनशैली पनि त्यत्तिकै महत्त्वपूर्ण हुने पोषणविद्हरू बताउँछन् । थाइराइड बढेको अवस्थामा केही चीज खानु नोक्सानदायक हुन सक्छ । आज हामी यसबारेमा जानकारी गराउँछौ ।
फूलगोभी
फूलगोभीमा गाइट्रोगन नामक पदार्थ पाइन्छ । यसले थाइराइडको समस्यालाई बढाउने काम गर्दछ । त्यसैले यसको सेवन गर्नबाट बच्नुपर्दछ ।
सोयाबीन
सोयाबीनलाई हामीले तरकारी वा तेलको रूपमा पनि प्रयोग गर्दछौँ । यसमा गोइट्रोजेनिक नामक पदार्थ पाइन्छ, जसले थाइराइडको समस्यालाई बढाउने काम गर्दछ । यदि तपाईँलाई थाइराइडको समस्या छ भने सोयाबिन खानबाट बच्नुहोस् । यसले शरीरमा नोक्सान पु¥याउन सक्छ ।
नुन
शरीरमा आयोडिनको कमी भयो भने थाइराइड ग्ल्यान्ड बढ्न थाल्छ । यही कारणले नुन पर्याप्त मात्रामा खानु पर्दछ । तर धेरै नुनको सेवन शरीरका लागि नोक्सानदायक हुन सक्छ । थाइराइड जस्तो रोगबाट बच्न नुन सीमित मात्रामा सेवन गर्नुपर्दछ ।
सेतोभन्दा कालो नुन, सिँधेनुन खानु उपयुक्त हुन्छ । शरीरलाई राम्रोसँग काम गर्न विभिन्न हार्मोन जरुरी हुन्छ । थाइराइड पनि शरीरमा हुने एक प्रकारको हर्मोन हो । यसले शरीरमा मेटाबोलिजम बढाउन र कोषिकाहरूलाई नियन्त्रण गर्ने काम गर्छ ।
थाइराइडको समस्या भएका व्यक्तिले बन्दा, काउली, ब्रोकाउली र गान्टेमुला खानै हुँदैन भन्ने छ । यस्ता तरकारीमा हुने ‘गाइट्रोजन’ पदार्थले थाइराइड हर्मोनलाई गडबडी गर्छ ।
तर यस्ता तरकारीलाई पकाएपछि ‘गाइट्रोजन पदार्थ’को प्रभाव कम हुन्छ । त्यसैले काउली बन्दा छुनै नहुने होइन, पकाएर सीमित मात्रामा खान मिल्ने चिकित्सक बताउँछन् ।
थाइराइडलाई नियन्त्रणमा राख्न ‘जिङ्क’, ‘भिटामिन डी’, ‘भिटामिन बी १२’ लगायत विभिन्न प्रकारका भिटामिन मिनरल्स पाइने खानेकुरा अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अण्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, ग्रिन टी लगायत खानेकुरा खान सकिन्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिजमको मात्रालाई नियमित गर्न सहयोग पुर्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया