मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता रोगका बिरामीहरूले आँप नखानुहोस्, हुनसक्छ यस्तो जटिल समस्या 

आजभोलि आँपको सिजन छ । यसकारण हामी सबैले आँप खाइरहेका छौ । फलफूलको राजा आँप सबैलाई मन पर्ने फल पनि हो ।

यतिबेला बजारमा आँप निस्किसकेको छ । गर्मीको मौसममा पाइने आँप निकै स्वादिलो हुन्छ । भिटामिन र मिनिरल्सले भरिपूर्ण आँप हाम्रो स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ ।

तर हरेक कुराको लाभसँगै बेफाइदाका कुराहरू पनि हुन्छन् । यस्तै कुनै–कुनै रोगको बिरामीले भने आँपको सेवन गर्नु हुँदैन । केही रोगीहरूलाई आँपले स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसकारण आज हामी कुन कुन रोगका बिरामीहरूले आँपको सेवन गर्नुहुँदैन जानकारी गराउँछौ ।  

मधुमेह 

मधुमेहको बिरामीलाई आँपको सेवन गर्नुहुँदैन । किनभने आँपमा सुगरको मात्रा बढी हुने भएकोले आँप खाँदा शरीरमा सुगरको मात्रा बढ्छ । मधुमेहको बिरामीले आँप खान नहुने कुरा चिकित्सकहरूले पनि बताउँदै आइरहेका छन् । 

छालामा समस्या भएमा

गर्मी महिनामा अनुहारको छालामा डन्डिफोर, पानी फोका आउने जस्ता समस्या भएकाहरूले आँप खानबाट बच्नुपर्छ । आँप खाँदा अनुहारमा डन्डिफोर आउँछ । छालाको समस्या भएका व्यक्तिहरूले आँपको सेवन निकै कम मात्रामा मात्रै गर्नुपर्छ । 

अर्थराइटिस

अर्थराइटिसको बिरामीले आँप खाँदा झन् समस्या थपिन सक्छ । त्यसैले अर्थराइटिजको बिरामीले आँप खानु पूर्व ध्यान दिनु जरुरी हुन्छ । आँप आएपछि बिरामीको दुखाई बढ्छ । अमिलो आँप खाएमा जोर्नीको दुखाई बढ्छ । साथै जोर्नी सुन्निन्छ ।

एलर्जी भएकाले

आँपबाट चोप निस्कन्छ । टुप्पोतिरको भागबाट तरल पदार्थ निस्किरहेको हामी सजिलै देख्न सक्छौ । यसलाई राम्रोसँग पखालेर खाइएन भने एलर्जी आउन सक्छ । त्यसैले एलर्जीको समस्या हुनेहरूले आँपको सेवन गर्दा ध्यान दिनुपर्छ । आँप खान मन लागेमा टुप्पो काटेर पानीमा एक छिन डुबाउनुहोस् जसले गर्दा आँपको चोप निस्कन्छ र शरीरलाई हानी पनि गर्दैन ।

मोटोपन 

जो व्यक्ति मोटोपनको सिकार भएका छन् उनीहरूले निकै सोचेर मात्र आँप खानुपर्छ । किनभने धेरे आँप खाँदा मोटोपन बढ्न थाल्छ । अझ तौल घटाउने सोचमा हुनुहुन्छ भने त आँप खाँदै नखानुहोस् । हुन त आँप शक्ति दिने फल हो । यसको सेवनले शरीरमा भरपुर मात्रामा सुगर उपलब्ध गराउँछ । एक मिडियम साइजको आँपमा १५० ग्राम क्यालोरी पाइन्छ । शरीरमा चाहिने भन्दा बढी मात्रामा क्यालोरी भए तौल बढ्न थाल्छ ।

पेट खराब हुन्छ 

यदि तपाईँको पेट खराब भइरहन्छ भने आँप खानबाट बच्नुहोस् । यस्तोमा आँप खाँदा पेट झन् खराब हुन्छ । पाचन प्रक्रियामा पनि समस्या छ भने आँपको सेवन निकै कम गर्नुपर्छ । धेरै मात्रामा आँपको सेवन गर्दा झाडापखाला लाग्ने, आउँ पर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?