स्वस्थ शरीरको लागि पर्याप्त निद्राको आवश्यक पर्छ । तर पछिल्ला पुस्ताहरू कामको चाप, ग्याजेटको अत्यधिक प्रयोग,पढाइका कारण पर्याप्त निन्द्रा अर्थात ८ घण्टा पनि सुतिरहेका हुँदैनन् ।
कतिपयले कामको चपेटामा ४ घण्टा मात्र सुत्छन् भने कतिपय व्यक्ति १० घण्टा पनि सुतेको पाइन्छ । तर मानव शरीरको लागी कम्तीमा पनि ८ घण्टा निदाउन आवश्यक छ ।
बालबालिकाको हकमा भने उनीहरूलाई धेरै चाहिन्छ । निद्राले शरीरलाई ताजापन र ऊर्जा प्रदान गरिरहेको हुन्छ । हामी मध्य धेरैजसो सधैँ एकै समयमा सुत्दैनौ ।
तर कहिले ७ बजे सुत्ने त कहिले कति ११ बजे सुत्ने गर्नु हुँदैन । सधैँ एउटै रुटिन बनाएर त्यही समयमा सुत्ने र त्यही समयमा उठ्ने गरेमा शरीरलाई आराम प्राप्त हुन्छ ।
अपर्याप्त निद्राले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा महत्त्वपूर्ण असर पार्न सक्छ । निद्राको सिधा सम्बन्ध हाम्रो मस्तिष्कको ग्लिम्फेटिक प्रणालीसँग जटिल रूपमा जोडिएको छ, गहिरो निद्रामा मेटाबोलिक फोहोरहरू हटाउन मद्दत गर्छ ।
सुत्ने बेला हाम्रो मस्तिष्क सङ्कुचित हुँदा, सेरेब्रोस्पाइनल फ्लुइडभित्र पस्छ, बिटा एमाइलाइड जस्ता फोहोरहरू बाहिर धुन्छ ।
अत्यधिक बिटा एमाइलाइड पट्टिका गठनले न्युरोन सञ्चारमा बाधा पुर्याउँछ । पर्याप्त निद्रा नपुग्दा हाम्रो शरीरमा विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् ।
पर्याप्त निद्रा नपुग्दा हाम्रो शरीरमा देखिन्छन् यस्ता समस्या
–थकान र दिनको निद्रा
–ध्यान केन्द्रित गर्न कठिनाइ
– मुड परिवर्तन
–भोक र वजन वृद्धि
–कमजोर प्रतिरक्षा प्रणाली
–टाउको दुखाइ
–दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम
–छाला स्वास्थ्यमा समस्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया