मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाम्रो माया घर निर्माणार्थ महोत्तरीमा महायज्ञको आयोजना

महोत्तरी – सडक मानवहरुको आश्रयको लागि महोत्तरीमा हाम्रो माया घर भवन निर्माण प्रक्रिया अगाडी बढाईएको छ ।

भवन निर्माणार्थ पारम्भिक चरणमा शिव पुराण माहायज्ञको आयोजना गरिएको माहायज्ञ मुल समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।

दाताहरुले प्रदान गरेको ५ कठ्ठा जग्गा समेत भवन निर्माणार्थ घेरावार भैइसकेको छ । भवन निर्माणको आधारहरु तयार भएसगैँ २१ साउनदेखि २९ साउनसम्म माहायज्ञ पुराण आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

पुराणको माध्यमवाट आयोजकले १ करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य लिएका छन । व्यवस्थापकिय पाटोवाट झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको उक्त माहायज्ञ मानव सेवासगँ जोडिएको अभियान भएको हुनाले यथेष्ट मानिसहरु सहभागी हुने बिस्वास लिईएको छ ।

माहायज्ञलाई सफल वनाउन विभिन्न उपसमिति समेत वनाईएको छ । भवन निर्माण सम्पन्न हुँदासम्म ११ करोड लागत अनुमान गरिएको छ भने वजेटको सुनिश्चितताको लागि स्थानिय, प्रदेश र संघ सरकारलाई अनुरोध गरिने संयोजक गौतमले जानकारी दिए ।

देशैभरीका सडक वालवालिका, सडक मानव र सहाराविहिनहरुको लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने स्थानियहरुले बिस्वास लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?