मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कमेडी च्याम्पियन’ सिजन ३ को फिनाले शनिबार हुँदै

काठमाडौँ– रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । शनिबार अपरान्ह ४ बजेदेखि मूलपानीस्थित आफ्नै स्टुडियोमा फिनाले हुने भएको छ ।

फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट एकजना विजेता घोषणा गरिनेछ। काठमाडौंका सुनिल खड्का, नवलपुरकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले च्याम्पियनको फाइनल प्रतिस्पर्धामा छन्। यीमध्ये सुयशा कमेडी च्याम्पियनको फिनालेसम्म पुग्ने अहिलेसम्मकै कान्छी प्रतिस्पर्धी हुन्।

कमेडी च्याम्पियनु मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन्।

शनिबार बेलुका ७ः३० बजेसम्मका लागि भोट खुला गरिएको छ। फाइनलिस्टहरू यतिबेला भोटिङ क्याम्पियनमा व्यस्त छन्। फिनालेलाई कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत लाइभ प्रसारण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?