मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जेरीः अन टप’मा अनमोलको लुक्स ? 

काठमाडौँ– चलचित्र ‘जेरीः अन टप’मा हुने नायक अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । निर्माण चरणमा रहेको चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको उनको लुक्स निर्माणपक्षले सार्वजनिक गरेको हो ।

लुक्समा अनमोल चकलेटी देखिएका छन् । खैरो जिन्सको आउटर र पाइन्टमा देखिएका अनमोलले पिंक कलरको टिसर्ट लगाएका छन् । उनको गेटअप र लुक्सले उनी कलेज ब्वाइको क्यारेक्टरमा सिनेमामा रहेको अनुमान लगाउन सकिन्छ ।

अनमोल मुख्य भूमिकामा रहेको चलचित्रमा आँचल शर्मा र जसिता गुरुङ छन् ।

सुरुमा यो चलचित्रमा आना शर्मा अनुबन्ध थिइन् । केही दिन अगाडि मात्रै उनको ठाउँमा गुरुङ अनुबन्ध भएकी हुन् ।
चलचित्र ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने तयारीमा छ । चलचित्रको वर्कशप समेत सुरु भइसकेको छ ।

चलचित्रलाई सुयोग गुरुङको निर्देशन गर्दैछन् । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहने बताइएको छ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

चलचित्रको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?