मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलेसियाका समुद्री पार्कका ५० प्रतिशत चट्टान ‘ब्लिचिङ’बाट प्रभावित

काठमाडौँ – मलेसियाको समुद्री पार्कका ५० प्रतिशतभन्दा बढी कोरल ‘मुगा वा रङ्गिन चट्टान’ बढ्दो समुद्री तापक्रमका कारण हुने बढ्दो मानवीय गतिविधि र ब्लिचिङबाट प्रभावित भएको मत्स्यपालन विभागले जनाएको छ ।

यो मूल्याङ्कन अप्रिल र जुनको बीचमा गरिएको अध्ययनपछि गरिएको आइतबार एक विज्ञप्तिमा उल्लेख छ । गम्भीर वा लामो गर्मीको तनावले कोरल चट्टानहरू समाप्त हुने खतरा बढ्छ । यद्यपि, तापक्रम घट्दा अधिक माछा मार्ने र प्रदूषणजस्ता अन्य हस्तक्षेप कम भएमा सुधारको सम्भावना हुन्छ ।

विभागले पर्यटन सेवा सञ्चालकलाई चट्टानमा दबाब कम गर्न मनोरञ्जन गतिविधिहरूमा संलग्न पर्यटकहरूको सङ्ख्या नियन्त्रण गर्न आग्रह गरेको छ ।

यदि ब्लिचिङ ८० प्रतिशतभन्दा बढी भएमा थप हस्तक्षेपसहित प्रभावित चट्टानको सुरक्षा र व्यवस्थापन लागि त्यहाँ पुग्ने पहुँचमा अस्थायी प्रतिबन्ध लगाउन सकिने विभागले जनाएको छ । विभागले बोर्नियो टापुका शोधकर्ता, गैरसरकारी संस्था, सबाह र सारावाक राज्यका प्रतिनिधिसँग ‘कोरल ब्लिचिङ रेस्पोन्स’ समिति गठन गरी समस्या नियन्त्रण प्रयास गरिरहेको बताएको छ ।

दक्षिणपूर्वी एसियाली देश मलेसियामा धेरै लोकप्रिय डाइभिङ स्थल र समृद्ध र जीवन्त समुद्री जीवन छ । यहाँका ४२ टापु वरपरको पानी समुद्री पार्कका रूपमा अङ्कित गरिएको छ ।

सामुद्रिक ब्लिचिङ घटनासँग सङ्घर्ष गरिरहेको समयमा विश्वभरका वैज्ञानिकले समस्या विस्तार र गम्भीर हुँदै गएको चेतावनी दिएका छन् । रेकर्ड गरिएको समुद्री तापक्रमले ६२ वटा देश र क्षेत्रमा चट्टानका केही भागहरू सेतो भएकाले तिनीहरू भित्र बस्ने शैवाललाई बाहिर निकाल्छन् ।

‘कोरल माइक्रोस्कोपिक जुक्सान्थेला’ शैवालसँग सहजीवी सम्बन्धमा बस्छ, जसले खाना उत्पादन गर्दछ र चट्टानलाई यसको रङ दिन्छ । शैवालबिना चट्टान सेतो हुन्छ र यहाँ तापक्रम घटेन भने कोरल चट्टान मर्छ ।

कोरल ब्लीचिङका परिणाम दूरगामी भएकाले समुद्रको स्वास्थ्यलाई मात्र नभई मानिसहरूको जीविकोपार्जन, खाद्य सुरक्षा र स्थानीय अर्थतन्त्रलाई पनि असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?