मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया

सिरहा – सिरहोको गोलबजारस्थित वर्धमान होस्पिटलमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्ने भएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा अस्पतालले भोली ११ गतेबाट शिविर सञ्चालन गर्न लागेको हो।

अझैपनि गाउँघरमा पाठेघरको समस्याबाट पीडित रहेकाले निर्देशनालयले हामीसँगको साझेदारीमा पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक डाक्टर शारीका गोइतले जानकारी दिए।

उनले भने, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवम् उचित परामर्शको दिन्छौं।’

‘यो पनि एउटा रोग नै हो, त्यसैले हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँस भने। उनले औषधी, अस्पताल बस्दा विरामीका खानासमेत उपलब्ध रहेको बताए।

विरामीको अप्रेशन स्त्रि तथा प्रशुतिरोग विशेषज्ञद्वय डा।शारीका गोइत र तेजशंकर यादवको टिमले गर्ने बताए।
सुत्केरी हुने भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा प्रायः ३५ वर्षमाथिमा महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ। नेपालमा सरदर ६०–६५ प्रतिशत महिला यो रोगबाट पीडित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?