मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

को हुन् बिजुली चम्किँदा जन्मेका निकोला टेस्ला, जसले जीवनभर बिजुलीकै खोजी गरे ?

सन् १८५६, जुलाई १० का दिन अस्ट्रियन साम्राज्यको दक्षिणमा पर्ने स्मिल्यान गाउँमा सर्बियन गिर्जाघरका पादरी मिलुटिन टेस्लाकी श्रीमती ड्युका सुत्केरी भइन् । ड्युकाले छोरो जन्माउँदै गर्दा ठूलो हावाहुरीसहित एक्कासी बिजुली चम्किन थाल्यो । त्योबेला रुढीवादी अन्धविश्वासले जरा गाडेको गाउँमा बस्ने धेरैले यसलाई अपशकुन ठाने, नवजात शिशु धेरै नबाँच्ने अनुमान लगाए । तर, ड्युका भने बिजुली चम्किँदा छोरो जन्मिनु अपशकुन नभएकोमा विश्वस्त थिइन् । छोरो जन्मेपछि उनले भनेकी थिइन्, ‘मेरो छोरो प्रकाशको पुत्र बन्नेछ ।’

ड्युकाको भविष्यवाणी साँच्चै सही साबित भयो । उनले जन्माएको छोरो अरु कोही नभएर अल्टरनेटिङ करेन्ट एसीका खोजकर्ता निकोला टेस्ला थिए । भनिन्छ, जन्मेका बेला बिजुली चम्केकाले उनलाई जीवनभर बारम्बार आफू आसपास बिजुली चम्केको आभाष हुन्थ्यो । यतिसम्म की बिजुली चम्केको घटनाले नै उनलाई एसी करेन्टको खोजी गर्ने प्रेरणा मिलेको थियो ।

तारबिना विद्युत प्रसारण कसरी हुन्थ्यो होला ? यो प्रश्नको जवाफ निकोला टेस्लाले १८ औँ शताब्दीको अन्त्यतिर नै दिसकेका थिए । टेस्ला क्वाइलको प्रयोग गरेर ताररहित विद्युतीय तरङ्ग प्रसारण गर्ने प्रविधि उनले नै आविष्कार गरेका थिए । यस प्रविधिले विद्युतीय ऊर्जालाई २५ माइल अर्थात करिब ४० किलोमिटर टाढा तारबिना नै प्रसारण गराउन उनी सफल भएका थिए । अहिले पनि हामी टेस्लाकै विचारमा आधारित विद्युतीय ऊर्जा प्रसारण प्रणाली को प्रयोग गरिरहेका छौँ ।

टेस्ला बाल्यकालदेखि नै तीक्ष्ण स्मरणशक्ति र विलक्षण प्रतिभा थियो । विद्यालयमा पढ्दा उनी गणित, जर्मन र धर्मको अध्ययनमा बढी आकर्षित थिए । पछि उनी उच्च शिक्षा अध्ययन गर्न क्रोएशियाको राजधानी जाग्रेब नजिकै पर्ने कार्लोभाच पुगे । त्यसबेला विद्युतको पहुँच धेरै नै सीमित थियो । उच्च शिक्षा हासिल गर्ने क्रममा उनलाई पहिलो पटक विद्युतप्रति चाख उत्पन्न भयो ।

उच्च शिक्षा हासिल गर्ने क्रममा विद्युतको परीक्षण एवम् अध्ययनप्रति उनी आकर्षित हुँदै गए । सन् १८७५ मा उनी ग्राजमामा रहेको पोलिटेक्निक स्कुलमा भर्ना भएका थिए । पछि सन् १८९० मा उनले प्राग विश्वविद्यालयबाट अध्ययन पूरा गरेका थिए ।
सन् १८८१ मा उनले हङ्गेरीको राजधानी बुडापेस्टमा रहेको टेलिफोन कम्पनीमा इलेक्ट्रिकल इन्जिनियर को रूपमा करियर सुरु गरेका थिए ।

त्यहाँ उनले टेलिफोनको आवाज अझ तीव्र पार्ने उपकरण आविष्कार गरेका थिए । त्यही कारण १८८२ मा उनी पेरिस पुगेर त्यहाँ रहेको एडिसन कम्पनीमा काम थालेका थिए । जहाँ उनले डायनामोको डिजाइन गरे । यस्तै उनले सन् १८८३ मो आफ्नै क्षमताले इन्डक्सन मोटरको डिजाइन गरेर सञ्चालन गर्नसमेत सफल भएका थिए ।

भनिन्छ, टेस्लालाई महान् वैज्ञानिक एवम् आविष्कारक थोमस एल्वा एडिसनसँग काम गर्ने ठूलो इच्छा थियो । सन् १८८४ मा टेस्लाले चाल्र्स ब्याचलर मार्फत एडिसनसँग काम गर्ने मौका पाए । ब्याचलर अमेरिकी आविष्कारक एडिसनका नजिकका सहयोगी थिए । उनी सोही वर्ष युरोपबाट अमेरिका पुगेका थिए । अमेरिकामा उनले ५९ वर्ष बिताएका थिए ।

टेस्लाले एडिसनको प्रयोगशालामा डायनामो श्रृंखला सुधारका लागि काम गरे । यसै क्रममा एसी अर्थात अल्टरनेटिङ करेन्टका विषयमा टेस्ला र एडिसनबीच मतभेद सुरु भयो । टेस्लाले एडिसनका विचारमा आधारित भएर एट्लान्टिक समुद्रको किनारमा निर्माण गरिएका विद्युतीय पावर हाउसहरूमा असक्षमता औंल्याउन थाले ।

डाइरेक्ट करेन्ट (डिसी) करेन्टमा आधारित रहेका एडिसनका बत्तीहरू कमजोर भएको टेस्लाको दाबी थियो । सबै उर्जाहरु चक्रीय हुने विचार राख्ने टेस्लाले पोलिफेज सिद्धान्तको प्रयोग गरी वितरण लाइनहरूमा विद्युतीय ऊर्जा पहिले एकतर्फ र त्यसपछि अर्कोतर्फ बहु तरङ्गहरूमा पठाउने जेनेरेटरहरू निर्माण गर्ने योजना बनाएका थिए ।

फलस्वरुप, निकोला टेस्लाले जेनेरेटर, मोटर र ट्रान्सफर्मरको एक पोलिफेज अल्टरनेटिङ करेन्ट प्रणालीको विकास गरे ।
टेस्लाले आफ्ना मोटरहरू र विद्युतीय प्रणालीहरू ‘अ न्यू सिस्टम अफ अल्टरनेटिङ करेन्ट मोटर्स एण्ड ट्रान्सफर्मर’ नामक पेपरमा सन् १८८८ मा अमेरिकन इन्स्टिच्युट अफ इलेक्ट्रिकल इन्जिनियर्सको अगाडि प्रस्तुत गरे ।

जसअन्तर्गत उनले ए.सी. सम्बन्धी आफूले पत्ता लगाएका ४० आविस्कारहरुको स्वामित्व अधिकार पाए । जुन उनले पछि ५ हजार डलर नगद सहित वेस्टिङहाउस कर्पोरेसनको १ सय ५० कित्ता सेयर पाउने सर्तमा उद्योगपति र आविष्कारक जर्ज वेस्टिङहाउसलाई दिए ।

योसँगै टेस्लाले र वेस्टिङहाउससँग पोलिफेस प्रणाली अल्टरनेटिभ करेन्टमा आधारित डायनामो र ट्रान्सफर्मरहरू देखेर अमेरिकामा बिजुलीको राष्ट्रव्यापी प्रयोगको लागि सहकार्य पनि सुरु गरे । टेस्लाले सन् १८८२ मा, भौतिक विज्ञानको आधारभूत सिद्धान्त मानिने घुमाउने चुम्बकीय क्षेत्र पत्ता लगाए ।

सन् १८९३ मे मा तत्कालीन अमेरिकी राष्ट्रपति ग्रोभर क्लेभल्याण्ड सहभागी भएको एक कार्यक्रममा उज्यालो बनाउने जिम्मा पाएका टेस्लाले ए.सी.करेन्ट सिस्टमको प्रयोग गरे । जसले टेस्ला र उनको यो प्रविधि प्रख्यात बन्यो ।

प्रकृतिबाट ऊर्जा उत्पादन गर्ने टेस्लाको सपना १८९५ मा विश्वप्रसिद्ध तथा विश्वकै पहिलो नायाग्रा जलविद्युतगृहको सफलतापुर्वक डिजाइन गरेसँगै पुरा भयो । भनिन्छ, उक्त आयोजनामा प्रयोग गरिएका १३ वटा प्याटेन्टमध्ये ९ वटा प्याटेन्ट टेस्लाकै थिए । टेस्लाको यस उपलब्धिलाई विश्व प्रेसमा व्यापक रूपमा कभर गरिएको थियो र टेस्लालाई विश्वभर नायकको रूपमा प्रशंसा गरिएको थियो ।

यसवाहेक टेस्लाले धेरै क्षेत्रमा खोज अनुसन्धान गरेका थिए । उनले सन् १८९१ मा ‘टेस्ला क्वाइल’ आविष्कार गरे । जसलाई आजपनि रेडियो र टेलिभिजन सेट र अन्य इलेक्ट्रोनिक उपकरणहरूमा समेत व्यापक रूपमा प्रयोग गरिन्छ । त्यस्तै उनले आविष्कार गरेको अल्टरनेटिङ इन्डक्सन मोटरलाई दस ठुला आविष्कारहरू मध्ये एक मानिन्छ ।

यस्तै टेस्लाले फ्लोरोसेन्ट लाइट, लेजर बीम, ताररहित सञ्चार, विद्युतीय ऊर्जाको ताररहित प्रसारण, रिमोट कन्ट्रोल, रोबोटिक्स, टेस्लाको टवाइन का क्षेत्रमा पनि व्यापक खोज गरेका छन् । टेस्लालाई रेडियो र आधुनिक विद्युतीय प्रसारण प्रणालीको पिताकै रुपमा समेत चिन्ने गरिन्छ । उनले विश्वव्यापी रूपमा ७ सय भन्दा बढी पेटेन्टहरू दर्ता गरिएका छन् ।

केहि अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार सन् १८९३ मा टेस्ला तारविनाको बिश्वप्रसारण ‘टावर’ को निर्माण सुरु गरे । तर आर्थिक अभाव उनको यो प्रयोगले पुर्णता भने पाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?