यो गर्मीको समय हो । चर्को गर्मी बढ्दै गर्दा मानिसहरू शीतलता खोजीरहेका छन् । यही गर्मी छल्नको लागी कोही एसी चलाउने, कोही फ्यानको प्रयोग गर्ने लगायत गरिरहेका हुन्छन् ।
गर्मी महिनामा प्राय हरेकको घरमा फ्यान वा एसी चलेकै हुन्छ । पछिल्लो केही वर्षयता लगातार बढ्दो तापक्रमका कारण एयर कन्डिसनरको प्रयोग निकै बढेको छ । तर लगातार एसीको प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने कुरा विशेषज्ञहरू बताउँछन् ।
जसले दिनभर एयर कन्डिसनरको हावामा समय बिताउँछन्, उनीहरूले प्राकृतिक भेन्टिलेसन पाउन सक्दैनन् । यसकारण उनीहरूको शरीरले सिक बिल्डिङ सिन्ड्रोमको सामना गर्नुपर्ने हुन्छ ।
यसले व्यक्तिको कार्यक्षमतामा असर गर्छ भने एयर कन्डिसनरको प्रयोगले हावाको गुणस्तरमा प्रभाव पार्छ र दिनभर एसीमा बस्ने मानिसले श्वासप्रश्वास र एलर्जीको समस्या पनि सामना गर्नुपर्ने हुन्छ ।
मानिस बाहिरबाट घरभित्र पस्ने बित्तिकै एयर कन्डिसनरको चिसो हावाको सम्पर्कमा आउँछ र कोठाभित्रको प्रदूषकहरू शरीरभित्र पसेर नकारात्मक प्रभाव पार्छ ।
एसीको चिसोका कारण एलर्जीको प्रभाव बढ्न थाल्छ । यसकारण छाती दुख्ने, रुघाखोकीको सामना गर्नुपर्ने हुन्छ । चिसो हावाले छालामा सुक्खापन बढाउने र ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ ।
यसबाहेक दिनभर एसीमा बस्दा छाला, आँखा र जोर्नीमा समस्या देखिन थाल्छ । यसबाहेक पनि यी समस्या एसीमा दिनभरि बसेकै कारण हुनसक्छ ।
लामो समयसम्म एयर कन्डिसनरमा बस्दा ड्राइ आइज सिन्ड्रोम अर्थात् आँखामा सुक्खापन हुनसक्छ । एसीमा हुने फङ्गस, ब्याक्टेरिया र भाइरसले आँखा सुन्निने समस्या हुनसक्छ । साथै आँखामा चिलाउने र पोल्ने समस्या पनि बढ्न सक्छ ।
लामो समयसम्म एयर कन्डिसनरमा बस्दा तिर्खा कम लाग्छ ।
नाकमा सुक्खापन बढाउँछ । यसले मस्तिष्कको रक्तनलीहरु संकुचन हुने गर्छ, जुन टाउको दुख्ने कारण हुनसक्छ । साथै मांसपेशी र जोर्नी दुख्ने समस्या पनि हुन्छ । यसबाट बच्न तापक्रम बढाएर शरीरलाई हाइड्रेटेड राख्ने प्रयास गर्नुपर्छ ।
एयर कन्डिसनरको लगातार प्रयोगले छालामा चिलाउने समस्या बढाउँछ । चिसो हावाको कारणले छालाको नरमपना कम हुँदै जाने र छालामा सुक्खापन बढाउँछ । यसकारण छाला फुस्रो र रुखो देखिन थाल्छ ।
साथै, छालाको लचिलोपनामा कमी पनि आउँछ । यस्तो अवस्थामा छालालाई हाइड्रेटेड राख्न यसलाई मोइस्चराइज राख्नु महत्त्वपूर्ण हुन्छ ।
ताजा हावाको सम्पर्क नहुँदा मानिसलाई थकान, कमजोरी र उदास महसुस हुन थाल्छ । साथै शरीरमा डिहाइड्रेसन पनि हुन्छ ।
एसी चलाउँदा ध्यान दिनु पर्ने कुराहरू
–कोठाको तापक्रम २० डिग्री भन्दा कम हुनु हुँदैन ।
–एसी र कूलर प्रयोग गर्नु अगाडि त्यसमा फिल्टर लगाउनु आवश्यक छ ।
–एसी अथवा कूलर प्रयोग गर्नु अगाडि सफा गर्नु पर्छ ।
–कूलर तथा एसीको प्रयोग गर्दा त्यसबाट निस्कने हावा सिधै तपाईँको सम्पर्कमा आउन नपाओस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।
यसकारण गर्मी मौसममा एसी चलाउँदा धेरै कुराहरूमा ध्यान दिन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया