काठमाडौँ – फिल्म ‘एक्टर’का छायाङ्कनमा नायक प्रदीप खड्कालाई भ्यानेटी भ्यान उपलब्ध गराईएको समाचार अहिले चर्चा छ ।
थमन कुमार भण्डारी निर्माता रहेको फिल्मको टिमले अभिनेता प्रदीपलाई छायाङ्कन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएका हुन । ‘भ्यानेटी रुम’ नाम दिइएको भ्यानलाई नेपालमा नै तयार पारिएको निर्माता भण्डारीले जानकारी दिए । योसंगै अहिले भ्यानेटी भ्यान के हो ? कस्तो हुन्छ भन्ने चासो समेत बढेको छ ।
के हो भ्यानेटी भ्यान ?
यो फिल्म उद्योगका लागि आवश्यक बस्तु नै हो । आउटडोर छायाङ्कनका लागि यो महत्त्वपूर्ण मानिन्छ । सुटिङ स्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालय लगायत सुविधाका लागि यो भ्यान प्रयोग गरिन्छ ।
खाली समयमा कालकारलाई आराम गर्न समेत प्रयोग हुने यो भ्यानमा घरमा झैँ सबै सुविधाको व्यवस्था गरिएको हुन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायाङ्कन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् भने भारतमै यसको मूल्य २ करोड देखि १० करोड भारुसम्म पर्ने गरेको छ ।
बलिउडमा कसको कति महँगो र कति ओटा यस्ता भ्यान छन् भन्ने विषयसँग सो कलाकारको इज्जत नै जोडिने गरेको छ । तर नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन ।
बलिउडमा पुनम ढिल्लोंले शुरु गरेकी थिइन भ्यानेटी भ्यान संस्कृति
पहिले पहिले कपडा फेर्न देखि मेकअप गर्न सम्म कलाकारलाई समस्या हुने गरेको थियो । विशेषतः महिला कलाकार यो समस्याबाट बढी सताइँदा पुनमले समेत दुई चार पटक यस्तै समस्या भोगेकी थिइन् ।
यसैबीच एन्जेलिसमा भइरहेको एक छायाङ्कनमा उनले भ्यानको प्रयोग भइरहेको देखेकी थिइन । त्यहीबाट प्रभावित भएकी उनले भारत फर्किए लगत्तै यसको शुरुवात गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया