मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन बन्द भयो गुगलको लोकप्रिय पोडकास्ट एप ?

काठमाडौँ –  गुगल पोडकास्ट एप आजबाट बन्द हुने भएको छ । सन् २०१८ मा सार्वजनिक भएको यो एप गुगल प्ले स्टोरमा मात्रै ५० करोड भन्दा बढी पटक डाउनलोड भएको छ ।

गत वर्षको सेप्टेम्बरमा प्रविधिको दिग्गज कम्पनीले युट्युब म्युजिकको पक्षमा हुने गरी सन् २०२४ को कुनै दिन गुगल पोडकास्ट बन्द गरिने घोषणा गरेको थियो । 

यहि घोषणा अनुसार आज अर्थात् २४ जुनका दिन एप बन्द हुन लागेको हो । 

कम्पनीले युट्युब म्युजिकलाई पोडकास्ट, म्युजिक र भिडिओको अल–इन–वन गन्तव्य बनाउने प्रयासमा यस्तो कदम चालेको हो ।

प्रयोगकर्तालाई आफ्ना पोडकास्ट गुगलको स्वामित्वमा रहेको युट्युब म्युजिकमा लैजान अफर गरिरहेको छ ।

गुगल पोडकास्ट म्यानेजर प्रयोग गरी फ्यानहरूले आफ्ना पोडकास्ट युट्युब म्युजिक एपमा सार्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?