मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय कविता महोत्सवमा दश कविहरु छनोट

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय कविता महोत्सव– २०८१’ मा दश कविहरु पुरस्कारका लासिग छनोट भएका छन् ।

आइतवार प्रतिष्ठानमा गरिएको महोत्सवमा उत्कृष्ट २५ मा छनोट भएका कविहरुले आ–आफ्नो सिर्जनाहरु सुनाएका थिए । छनोट भएका कविहरुमा बर्दियाबाट अग्रआवाज, मकवानपुरबाट अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङबाट छविलाल कोपिला(थारु भाषा), रोल्पाबाट दिलीप बुढामगर(मगर भाषा), मोरङबाट रुमानी कुलुङ, सिन्धुलीबाट रूपक ‘जमरा’ घलान(तामाङ भाषा), सोलुखुम्बुबाट रेजिना खालिङ(खालिङ भाषा), ललितपुरकी शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन् ।

प्रतिष्ठानका अनुसार महोत्सवका लागि छ सय ४ वटा कविताहरुमध्येबाट उत्कृष्ट २५ हुँदै १० वटा कविता चयन गरिएको हो । प्रतिष्ठानको पछिल्लो कार्यकालदेखि कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषामा समेत कविता आह्वान गरी ती कविताहरुलाई समेत समावेश गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?