मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

काठमाडौँ –  सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न भएको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा शुक्रबारदेखि भएको महोत्सव आइतबार सकिएको थियो ।

विभूता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शनसंगै शुरु भएको महोत्सवको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुति राखिएको थियो ।

३ दिनसम्म चलेको महोत्सवमा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।

 बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?