पछिल्लो समयका प्राय स्मार्टफोनमा फास्ट चार्जिङको सुविधा हुन्छ । स्मार्टफोनमा मात्रै होइन अब विद्युतीय गाडी, ल्यापटप र अरू ग्याजेटहरुमा पनि फास्ट चार्जिङ स्ट्याणडर्ड फिचर बन्दै गइरहेको छ ।
फास्ट चार्जिङ सुविधाजनक हुन्छ । थोरै समय चार्ज गरेर धेरै समय चलाउन सकिन्छ । हतारको समयमा त फास्ट चार्जिङ एकदमै उपयोगी हुन्छ । तर यो कति सुरक्षित छ त ?
तपाईंको मोबाइल फोन र चार्जरमा प्राविधिक त्रुटि छैन भने फास्ट चार्जरले तपाईंको फोनको ब्याट्रीलाई कुनै किसिमको दीर्घकालीन असर पुर्याउँदैन ।
फास्ट चार्जिङ ब्याट्रीले दुई चरणमा काम गर्छ । पहिलो चरण भनेको यसले खाली ब्याट्रीमा एकैपटक धेरै ठूलो भोल्ट दिन्छ । दशदेखि ३० मिनेटको समयावधिमा तपाईंको खाली ब्याट्री ५० देखि ७० प्रतिशतसम्म चार्ज हुन्छ ।
पहिलो चरणमा ब्याट्रीले ठूलो मात्रामा भोल्ट ग्रहण गर्न सक्छ । यसकारण चार्ज गर्दा ब्याट्री लाइफमा कुनै किसिमको नकारात्मक असर पर्दैन ।
यस्तै दोस्रो चरणमा भने चार्जिङ स्पीड स्लो डाउन हुन पुग्छ । यस्तो बेलामा मोबाइल निर्माता कम्पनीले चार्जिङ स्पीडलाई कत्तिको होसियारीपूर्वक व्यवस्थापन गरेको छ भन्ने कुरा अर्थपूर्ण हुन्छ । त्यसैले दोस्रो चरणमा फास्ट चार्जरले फोनको ब्याट्रीलाई बिगार्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया