आफ्नो पार्टनरको चाहना र आवश्यकतालाई पुरुषले ख्याल गर्न सक्नुपर्छ ।
दैनिक काम कारबाही, किनमेल, घुमघाम, हेरचाह लगायतमा विशेष ध्यान दिन आवश्यक हुन्छ भने यौनको मामलामा पनि जीवन साथी वा यौन पार्टनरको चाहनालाई ध्यान दिन जरुरी हुन्छ । यस्तोमा महिलाले के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ । आखिर के चाहन्छन् त महिला रु
आजभोलि अधिकांश दम्पती कामकाजी हुन्छन् । यस्तोमा यौन सम्पर्क कति पटक भयो भन्दा पनि कति सन्तुष्टिदायक भयो भन्ने कुराले महत्त्व राख्छ । त्यसैले हरेक दिनको साटो सातामा एक पटक यौन सम्पर्कका लागि उत्कृष्ट समय निकाल्नुपर्ने धारणाको विकास भएको पाइन्छ । जसबाट दम्पतीबीच प्रेम–प्रगाढता त बढ्छ नै, महिलाहरूलाई सन्तुष्टि पनि प्राप्त हुन्छ ।
रोमान्स नभई यौनको चाहना
रोमान्स वैवाहिक जीवन र यौन सम्पर्कको प्रारम्भका लागि अत्यन्त आवश्यक छ, तर कैयन् स्थितिमा महिलाहरू रोमान्सलाई एकातिर छोडेर साथीबाट मात्र यौन सम्पर्कको इच्छा राख्छन् । यस्तोमा पुरुष साथीले उनीहरूको इच्छा विपरीत व्यवहार गरे भने महिलाहरूले त्यसलाई रुचाउँदैनन् ।
केही नयाँ प्रयोग गर्ने चाहना
दैनिक तालिकाका कुरा कसैलाई पनि मन पर्दैन । जसरी दैनिक रूपमा एउटै प्रकारको खाना वा एउटै प्रकारको पहिरन लगाउँदा जो कोहीलाई बोर लाग्छ, त्यसै गरी अन्तरङ्ग क्षणहरूमा पनि महिलाहरू पुरुष साथीबाट केही नयाँ प्रयोगको अपेक्षा राख्छन् । यस्तोमा जब पुरुष साथीले उनीहरूको भावना बुझ्न सक्दैनन् तब उनीहरू त्यसबाट टाढा रहन थाल्छन् ।
यौन सम्पर्कपश्चात्
प्रायस् पुरुषहरू यौन सम्पर्कपश्चात् मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यसो गर्दैनन् । यौन सम्पर्कपश्चात् पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्रायस् पुरुषले बुझ्दैनन् । यौन सम्पर्कपश्चात् पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अतः पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।
स्वभावमा परिवर्तन
यदि तपाई आफ्नो जीवनसाथीको नजिक रहन चाहनुहुन्छ भने उनको इसारा बुझ्नु आवश्यक छ । महिनावारिका बेला हर्मोनल परिवर्तनका कारण महिलाहरूमा स्वभावमा समस्या देखिन्छ,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया