प्रोस्टेट भनेको पुरुषको एक प्रजनन अङ्ग हो । पुरुषहरूमा मात्र हुने ग्रन्थि हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थि पनि भनिन्छ । यो ग्रन्थि पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ ।
उमेर बढ्दै जाँदा अरू ग्रन्थि झैँ यो पनि बढ्न थाल्छ । तर, यो अस्वाभाविक रूपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्छ र यही पक्रिया नै प्रोस्टेट हो ।
प्रोस्टेट ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ । खासगरी यसले शुक्रकीटलाई ,वीर्यलाई चाहिने पोषण तत्त्व उत्पादन गर्छ ।
रोग लाग्ने प्रमुख कारणहरू
यस्तो समस्या हुनुको कारण भनेकै बुढेसकालमा पुरुषहरूको हर्मोनमा गडबडी हुन्छ र यसको आकार बढ्छ र पिसाब नलिको बाटो अवरोध गर्दिन्छ । यसकारण प्रोस्टेटको समस्या हुन्छ । यो रोग विशेषगरी वृद्ध अवस्था अर्थात् पाको उमेरमा लाग्ने रोग हो । उमेर बढ्दै जाँदा यो रोग लाग्ने सम्भावना अधिक हुन्छ । तर युवावस्थामा पनि यो समस्या हुँदै नहुने भन्ने चाहिँ होइन ।
लक्षणहरू
प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध र विभिन्न लक्षण देखा पर्ने गर्छ । पिसाबको धारा कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने,पिसाब फेर्दा ढिलो पिसाब आउनु, पिसाब फोर्न सुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु,पिसाब चुहिनु, थोपा थोपा झर्नु र पिसाब खुल्ने, रोकिने क्रम पटक–पटक हुनु,पिसाब फेरिसकेपछि पनि पिसाब थैलीमा पिसाब रहेको जस्तो भारी महसुस हुनु, धेरै पटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्र नलीमा पीडा हुनु, पिसाब रोकिने जस्ता लक्षणहरू देखिन सक्छन् ।
सुझाव
यो खानपानसँग सम्बन्धित रोग होइन । तर हामीले हरियो हर्बल कुराहरूको सेवन गर्न सक्छौ । र व्यायामलाई हामीले प्राथमिकतामा राख्न सकिन्छ । महत्त्वपूर्ण कुरा भनेको चिकित्सकको सल्लाहमा लक्षण अनुसार उपचार, औषधिको प्रयोग नै जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया