काठमाडौँ– हास्य टेलिसिरियल ‘ख्याल ठट्टा’ शनिबारदेखि प्रसारणमा आएको छ । ‘अति भो’ सिरियलको नयाँको टिमले ‘ख्याल ठट्टा’ प्रशारणमा ल्याएको हो ।
सुरज खनालले लेखन तथा निर्देशन रहेको सिरियल प्रत्येक शनिबार साँझ ७ बजेर १५ मिनेटमा सन्सा फिल्मस् युट्युब च्यानलबाट सिरियल प्रसारणमा आउनेछ।
सिरियलमा मिस पविसँगै शर्मीला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबी शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारलाई दर्शकले देख्न पाउनेछन्।
सागर खड्का र शिब बिकको छायांकन रहने सिरियललाई सन्दीप चौधरीले सम्पादन गर्नेछन्। ‘अति भो’ सिरियल हालसम्म १०१ भाग प्रसारणमा आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया