मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तातो पानीमा एक चम्चा घ्यु मिसाएर पिउनाले मिल्छ यति धेरै लाभ

हामी घ्यु भन्नासाथ निकै तागतिलो चिज अथवा हाम्रो वजन बढाउने पोषक तत्त्व भन्ने सम्झन्छौ । तर यति मात्रै नभएर तपाईँले अन्य कुराहरु पनि थाहा पाउन जरुरी छ ।

गाईको शुद्ध घ्यु स्वास्थ्यका हिसाबले निकै लाभदायक छ । घ्युको प्रयोग हरेक घरमा हुन्छ । तातो–तातो रोटीसँगै दाल भात तरकारीमा पनि घ्यु झानेर खाने प्रचलन छ । घ्यु पोसिलो हुनुको साथै खानामा स्वाद पनि थपिदिन्छ ।

घ्युको सेवनले शारीरिक स्वास्थ्य बलियो बनाउनुको साथै शरीरलाई पनि हाईड्रेट राख्छ । र अर्को नौलो कुरा भनेको तपाईँले कहिले तातोपानीमा घ्यु राखेर पिउने गर्नुभएको छ ?

छैन भने आजैबाट मनतातो पानीमा घ्यु राखेर पिउने गर्नुहोस् जुन निकै लाभदायक हुन्छ । यसले शारीरिक र  मानसिक सन्तुलन ठिक राख्छ ।

यसलाई अझ तातो पानीमा मिसाएर खानुका फाइदाहरू धेरै नै छन् । गाईको घ्युमा कयौँ भिटामिन र एन्टिअक्सिडेन्ट पाईन्छ । यसकारण गाईको घ्यु स्वास्थ्यका लागी फाइदाजनक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?