मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एन्टीभाइरस क्यास्परस्कीमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

काठमाडौँ – अमेरिकाले एन्टीभाईरस सफ्टवेयर क्यास्परस्की बिक्रीमा प्रतिबन्ध लगाएको छ । 

यससँगै क्यास्परस्कीले अमेरिकामा आफ्नो उत्पादन तथा अपडेट केही पनि बिक्री वितरण गर्न पाउने छैन । यसका पछाडि क्यास्परस्कीमा मस्कोको प्रभाव रहनुलाई मुख्य कारण बनाइएको छ ।

जसले  राष्ट्रिय सुरक्षामा जोखिम हुने वाईडेन प्रशासनको दाबी छ । सँगै रुसले अमेरिकी नागरिकहरूको व्यक्तिगत जानकारी सङ्कलन गरेको आरोपसमेत समेत लगाइएको छ । 

यद्यपि यसलाई रुस र चीन जस्ता देशहरूको प्रविधि कम्पनी बन्द गर्न अथवा उनीहरूको सेवा सीमित गर्न पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमकै एक हिस्सामा रूपमा समेत विश्लेषण गरिएको छ । 

यता क्यास्परस्कीले भने प्रतिबन्ध विरुद्ध लड्न सबै कानुनी विकल्प अपनाउने बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?