काठमाडौँ – बाइपोलर डिसर्डर डिप्रेशनकै एउटा रूप हो । आफैँमाथि शङ्का, उदासी, निद्रामा समस्या, आफूलाई नियन्त्रणमा राख्न मुस्किल र भीडदेखि डराउने यसका केही लक्षण हुन्।
जसले मनलाई कति हप्ता, कति महिनासम्म उदास वा फेरि खुसी बनाउँछ । उदास हुँदा नकारात्मक र खुसी हुँदा महत्त्वाकाङ्क्षी विचार आउँछन् । महिला तथा पुरुष दुवै प्रताडित हुने यो रोगले सय जनामा एकलाई सताउने गर्छ ।
त्यसमा पनि यो हरेकलाई जीवनको एक न एकपल्ट हुने समस्या हो । खासगरी यसको सुरुवात युवा अवस्थामा हुन्छ । ४० वर्षको उमेर कटेपछि हुने सम्भावना भने कम रहन्छ । बाइपोलर विभिन्न प्रकार हुन्छन्।
बाइपोलर एकमा एकपल्ट बिरामी असाध्यै तीव्र उर्जाका साथ महत्त्वाकाङ्क्षी योजना सुनाउँछ । यो ३ देखि ६ महिनासम्म रहन्छ । यदि उपचार भएन भने पनि बिरामी आफैँ ठिक हुन सक्छ । यसको दोस्रो रूप पनि हुन्छ । जसले उदास बनाउँछ । लगातार उदास हुँदा डिप्रेसनको सम्भावना रहन्छ।
बाइपोलर दुईमा बिरामी बारम्बार उदास हुने गर्छन् । कहिलेकाहीँ मात्रै खुसी पनि हुन सक्छन्। र्यापिड साइकलमा चाहिँ वर्षमा चारपल्ट डिप्रेसन र खुसीको चक्र चल्छ।
रोगको मुख्य कारण वैज्ञानिकले अझै पत्ता लगाएका छैनन् । तर, कतिपय अवस्थामा शारीरिक रोग र कतिपय अवस्थामा मानसिक तनावले यसको शुरुवात गर्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया