मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेंगु सङ्क्रमण र बच्ने उपाय

काठमाडौँ – नेपालका विभिन्न क्षेत्रमा अहिले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण बढिरहेको छ। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो।

यसको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने हुन्छ। बिस्तारै आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायतका लक्षण देखा पर्छन्। 

डेंगु संक्रमण हुँदा रगतमा पानीको मात्रा कम भएर रक्तचाप कम हुन्छ। जसकारण डेंगु बिरामी सिकिस्त भएर बेहोस हुनेसम्म हुनसक्छन्। 

कसरी बच्ने ?

यसबाट बच्ने एकमात्र उपाय नै लामखुट्टेको टोकाईबाट बच्नु भएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।  यहि कारण पुरा बाहुला भएको कपडा वा पुरै शरीर ढाकिने खालका कपडा लगाएर बस्नु पर्दछ। यो एउटा भाइरसको रोग भएकोले यो भाइरस मार्ने नै भन्ने कुनै औषधि छैन। 

यो बाट बच्ने पहिलो उपाय र रोगकथाम भनेको नै लामखुट्टे नियन्त्रण गरेर आफ्नो शरीरको हेरचाह गर्नु हो । जसको लागि पानी जम्नसक्ने भाँडा बाहिर नराख्ने, पानीको ट्याङ्कीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्ने, फुलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्ने, राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनुपर्छ।

कुन समयमा अस्पताल जाने ?

धेरै नै टाउको दुख्यो र शरीरमा बिमिरा आयो भने तुरुन्त अस्पतालमा गएर डेंगुको परीक्षण गर्नुपर्छ। परीक्षण गराएपछि डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, उपयुक्त मात्रामा व्यायाम गर्ने।

तर बिरामीलाई तारनतार बान्ता हुने, धेरै पेट दुख्ने, कमजोरी भएर प्रेसर घट्यो भने भर्ना गरेर नै उपचार गर्नुपर्छ। कोही कोही बिरामीमा सेतो रगत कम भयो भने आईसीयूसमा नै लैजानु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?