मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

काठमाडौँ – गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले प्राप्त गरेका छन् । 

बर्दियाका परियारले शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे।

नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको शृङ्खला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बास्कोटा निर्णायकको रूपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?