मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक

काठमाडौं– फिल्म  ‘घरज्वाइँ’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार  ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो । 

अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको छ l गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। यसमा संगीत पनि योगी स्वयंको रहेको छ । गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ ‘फूल’ हो। 

असार २८ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक र लेखक अनिल बुढामगर हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभास कोइरालाले सघाएका छन् । यसको छायांकन पूर्वी रुकुम आसपासमा गरिएको छ । 

जीएम मूभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?