मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के दैनिक धेरै दूध सेवन गर्दा स्वस्थकर बनिन्छ ? धेरै दूधको सेवन स्वास्थ्यको लागि बेफाइदा

काठमाडौँ– दूधलाई सधैँ एक पौष्टिक आहारको रुपमा लिने गरिन्छ । यसको सेवन विना स्वस्थ खानपान नहुने जस्तो लाग्छ । खासमा बच्चाहरुको शारीरिक विकास र वृद्धिको लागि दूधलाई अनिवार्य मानिन्छ । तर कुनै पनि वस्तुलाई सीमित मात्रामा लिँदा मात्रै राम्रो मानिन्छ । अनि मात्रै यसको फाइदा लिन सकिन्छ । आवश्यकताभन्दा बढी प्रयोग गर्दा फाइदाभन्दा पनि नोक्सान गर्छ ।

केही व्यक्ति शारीरिक विकासको लागि दूध भरपुर मात्राको रुपमा लिने गर्दछ । तर यो पूर्ण रुपमा सत्य होइन । दूधमा सबै कुरा हुने सत्य हो । तर यसलाई पनि सीमित रुपमा मात्रै पिउनु पर्छ । रुघा खोकी, अपच, झाडापखाला, छालासम्बन्धी रोगलगायत विभिन्न समस्या हुँदा दूध पिउनु नै हुँदैन । यसका साथै दूधबाट एलर्जी हुने व्यक्तिले पनि पिउनु हुँदैन । आउनुस् हामी तपाईलाई दूध पिउनुका फाइदाबारे जानकारी दिन्छौँ ।

दूध कति पिउने ?
एक स्वस्थ व्यक्तिले नियमित रुपमा दूध पिउनु पर्छ । यसमा हुने क्याल्सियम, भिटामिन बी १२ भिटामिन डी, क्यालोरी, पोटासियम, प्रोटिन र स्वस्थ फ्याटले शरीरको लागि आवश्यक पोषण दिने गर्दछ । युनाइटेट स्टेट्सको नेशनल डाइटरी गाइडलाइन्सका अनुसार एक वयस्क व्यक्तिको लागि प्रतिदिन तीन कप (७५०मिलिलिटर) दूध पिउनु पर्छ । र बच्चाहरुले दैनिक साढे दुई कप दूध पर्याप्य हुन्छ ।

तर व्यक्तिको शारीरिक अवस्थाको आधारमा यो घटबढ हुन सक्छ । दैनिक ५०० मिलिलिटर दूध पिउँदा पनि शरीरको लागि क्याल्सियम र भिटामिन डीको आवश्यक मात्रा पुरा गर्छ ।

धेरै दूधको सेवन स्वास्थ्यको लागि बेफाइदा
स्वीडेनमा भएको एक अनुसन्धानका अनुसार तीन कपभन्दा बढी दूध पिउँदा हिप फ्याक्चर, हड्डी सम्बन्धी समस्या मात्रै नभई मृत्यु पनि हुन सक्छ । बच्चाहरुलाई धेरै दूध पिउँदा क्यालोरी मात्रा धेरै हुन्छ । यसले गर्दा बच्चाहरु खानामा रुची देखाउँदैनन् ।
दूध धेरै हुँदा आइरनको मात्रा बढ्छ । यसमा फेरिटिन नामक आइरन हुने गर्छ । यसले आइरन डिफिशिंएसी एनिमिया हुने सम्भावना बढ्छ ।

स्वादयुक्त दूध कत्तिको सुरक्षित ?
आफ्नो आहारमा सामान्य दूधको तुलनामा स्वादयुक्त दूधको मात्रा कम राख्नुहोस् । किनभने स्वाद बढाउने क्रममा यसको पौष्टिक मूल्यमा कमी आउँछ। साथै, बदामको दूध, सोया दूध जस्ता अन्य दूध विकल्पहरू लिनु अघि, कृपया आफ्नो आहारविद्सँग तिनीहरूको सीमित मात्रामा छलफल गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?