मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निदाउदाँ र्‍याल निस्किने समस्या यसरी समाधान गर्नुहोस्

निदाएको बेला मुखबाट र्‍याल निस्किनुलाई वैज्ञानिक भाषामा एक्सोक्राइन ग्ल्याण्ड भनिन्छ ।

यो समस्या धेरै मानिसहरूमा हुन्छ । यसका पछाडि विभिन्न कारणहरू हुन सक्छन् । जसमध्ये चिकित्सा विज्ञानले साइनस सङ्क्रमण, पेटमा ग्याँस भरिनु,टन्सिल,एलर्जी र गलत आसनमा सुत्नुलाई मुख्य रूपमा पाँच कारण मानेको छ । 

र्‍याल निस्किने समस्यालाई निर्मूल पार्ने घरेलु उपाय

– मुखबाट र्‍याल निस्किने समस्याबाट छुटकारा पाउन तपाईँले दिनमा तीन–चार वटा तुलसीको पात चपाउँदै थोरै–थोरै पानी पिउनुहोस् ।

– फिटकीरी पानीले दैनिक रूपमा कुल्ला गर्नाले पनि निदाउँदा मुखबाट र्‍याल निस्कने समस्या समाधान हुन्छ ।

– निदाउँदा मुखबाट र्‍याल निस्कने समस्या छ भने दालचिनीको चिया बनाएर सेवन गर्नुहोस् । यसको सेवनले र्‍याल निस्किने समस्याबाट छुटकारा पाउन सकिन्छ । दालचिनीलाई पानीमा उमालेर पानी छानेर निकाल्ने र मह मिसाएर पिउने गर्नुपर्छ ।

– यो समस्याबाट छुटकारा पाउनका लागि तपाईँले अमलाको पाउडरको प्रयोग गर्न पनि सक्नुहुन्छ । खाना खाने बित्तिकै मनतातो पानीमा अमलाको पाउडर मिसाएर दैनिक पिउने गर्नाले पनि यो समस्या हटेर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?