मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकालाई स्क्रिन कति हेर्न दिने ?

अहिले प्राय: अभिभावका लागि बच्चाहरूको स्क्रिन हेर्ने बानी ठुला समस्या बनेको छ । बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु भए पनि बच्चाहरूमा रहेको स्क्रिन हेर्ने लत छुटाउन अभिभावकलाई ठुलो चुनौती बनेको छ ।

अहिले बच्चा मोबाइलमा एकोहोरो हुने र सामाजिक कार्यमा घुलमिल नहुने धेरै अभिभावकहरूको गुनासो पनि छ । त्यसकालागि दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन नहुने चिकित्सकहरू बताउँछन् ।

२ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने । अनलाइन कक्षा भए पनि सीमित समयमा मात्र स्क्रिनमा राख्ने ।

स्क्रिनबाट यसरी आफ्ना बालबालिका टाढा राख्नुहोस् :

– अनलाइन कक्षामा भए बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।

– बच्चालाई नजिकबाट स्क्रिन हेर्न नदिने । मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।

– कम्तीमा ३० देखि ४० सेन्टिमिटरको दूरीमा स्क्रिन राख्ने ।

– स्क्रिनबाट टाढा राख्न बच्चालाई घरको बार्दली, छतमा केही बेर खेल्न दिने वा काम लगाउनु पर्दछ ।

– आँखामा समस्या नआउँदै गाँजर, सागपात, आँप जस्ता पहेँलो फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।

– बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।

– विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिँदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ ।

– स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क शिक्षकले पनि दिनु हुँदैन ।

– अभिभावकहरूले बच्चाको आँखा बेलाबेलामा जाँच गराइराख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?