काठमाडौँ – ओपनएआईका पूर्व सह–संस्थापक तथा प्रमुख वैज्ञानिक इल्या सुत्स्केभरले आफ्नै कम्पनी खोलेका छन् ।
सेफ सुपर इन्टेलिजेन्स इन्क (एसएसआई) नामको यो कम्पनीका लागि उनलाई ड्यानियल ग्रोसले पनि सहयोग गरेका छन् ।
एसएसआईमा सहसंस्थापकका रुपमा भित्रिएका ड्यानियल पनि ओपनओआईका पूर्व प्राविधिक हुन् भने एप्पल र ड्यानियल लेभीमा एआई वैज्ञानिकका रूपमा काम गरेको अनुभव उनीसंग छ ।
विशेष गरेर एआईमा नाफाको स्वार्थ मिसिनु हुन्न भन्ने पक्षमा वकालत गर्दै आएका कारण सुत्स्केभरयो कम्पनीलाई चासोपूर्ण रुपमा हेरिएको छ ।
जहाँ उनले यो कम्पनीलाई एउटा प्रोडक्ट बनाउने एक मात्र लक्ष्य रहेको स्टार्टअप भनेका छन् । यस कम्पनीमा सुरक्षा र विकास एकसाथ हुने उनको भनाइ छ । त्यस्तै कम्पनी व्यावसायिक दबाबबाट अलग हुने उनले घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया