मुटुको रक्तनलीमा अचानक अवरोध आएर मुटुको मांसपेशीको रक्तसंचारमा हुने कमीको अवस्थालाई हृदयघात भनिन्छ ।
यसले गर्दा मुटुको मांसपेशी मर्न थाल्छ, जसले गर्दा छाती दुख्नुका साथ विभिन्न प्रकारका लक्षणहरू देखा पर्ने अवस्था सृजना हुन्छ ।
पुरुष–महिला दुवै जनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयाघात रोकथाम गर्न सकिन्छ ।
यो रोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ । नेपालमा मुटुरोग बढ्ने क्रममा छ । हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ ।
मुटुरोगका प्रमुख लक्षणहरू
मुटुरोगका लक्षणहरूबारे धेरैलाई जानकारी छैन । यसकारण मानिसहरू ढिला गरी उपचारका लागि अस्पताल वा डाक्टरकहाँ जान्छन् ।
छातीको बीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो,औँलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन् ।
कसै– कसैलाई भने पहिलो पटक नै असह्य तरिकाले छाती दख्नु, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जस मध्य एक तिहाइ बिरामीको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु हुन्छ ।
हृदयघातक हुनुअघिका सङ्केतहरू
छाती दुख्ने क्रम लामो समयसम्म देखियो र दुखाइको क्रम बढिरह्यो, दुखाइ देब्रे हात,चिउँडोलगायत अङ्गतर्फ सर्न थाल्यो भने हृदयघातको जोखिम रहन्छ । दुखाइसँगै पसिना आउने, वाकवाकी लाग्ने पनि हुन्छ ।
मुटुको धड्कनमा गडबडी आउँदा कोही व्यक्ति अचानक बेहोससमेत हुने गर्छन् । मुटुको धड्कनको गडबडी भई बेहोस भएका व्यक्तिको मृत्यु हुनसक्ने सम्भावना धेरै रहन्छ ।
यस्ता लक्षणहरू देखिए तत्काल मुटुको उपचार गर्न चिकित्सकको सुझाव छ । मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचापका बिरामीहरू छन् भने उहाँहरूको स्क्रिनिङ टेस्टु गर्न, छाती दुखेमा तुरुन्तै अस्पताल लैजानेतर्फ परिवार सचेत हुनुपर्छ ।
हृदयघातबाट बच्ने उपाय
प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नुन र चिल्लो एकदम कम गर्नुहोस्। नियमित शारीरिक कसरत–व्यायाम गर्नुहोस् ।
दैनिक रूपमा ३० मिनेट (आधा घण्टा) मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो। धूम्रपान साथै सुर्तीजन्य पदार्थको सेवन नगर्नुहोस् ।
सुर्ती–तमाखु, सिगरेट चुरोट, सिगार अथवा खैनी–सुर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ । यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो । मुटुका केही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया