मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन पढाइ मेला

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनका लागि पढाइ मेला आयोजना गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यले मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

“विद्यार्थी, शिक्षक र अभिभावकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सीपको विकास, सिकाइउपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न मेला गरिएको हो”, उनले भने ।

गाउँपालिका–१ स्थित रुपाकोट आधारभूत विद्यालयमा आयोजित मेलामा पालिकाका सात वडाका सबै विद्यालयले भाग लिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । विद्यार्थीहरूले निर्माण सामग्री, उनीहरुले रचना गरेका कथा, कविता, निबन्ध, गीत तथा चित्रकला र हस्तकलाका सामाग्री मेलामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?