काठमाडौँ – विवाह, प्रेम वा मित्रताका लागि महिला र पुरुषका फरक फरक धारणा हुने गर्दछन् । जसका कारणले उनीहरू एक अर्काका विषयमा जान्न र नजिक हुन अनेकौँ प्रयत्न गर्छन् ।
तर एकले अर्कालाई बुझ्न नसक्दा दुवैको निकटतामा बाधा उत्पन्न हुन्छ । आज हामी सम्बन्ध बलियो बनाउन महिलाका के कुरामा पुरुषले ध्यान दिनुपर्छ भन्ने विषयमा चर्चा गर्दै छौँ ।
– महिलासँग भेट हुँदा उनीहरूको कुरा सुन्न प्राथमिकता दिने र उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।
– महिलालाई उनी प्रति तपाईँले गरेको माया देखाउनुपर्ने हुन्छ, बोलेर, लेखेर वा देखिने गरी । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईँको प्रेम महसुस गर्न सकुन् ।
– महिलालाई किनमेल गर्न असाध्यै मन पर्छ । त्यसैले उनीहरू थोरै खर्च भए पनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । यसलाई स्वभाविक मान्नुहोस्
– उपहार पाउनु सबैको मन पर्ने विषय हो । अझ महिलालाई गिफ्ट दिएको साह्रै मन पर्छ । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरूको मन जित्न सकिन्छ ।
– महिलालाई आफ्नो परिवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने उनीहरूको चाहना हुन्छ ।
– उनीहरूको गलत क्रियाकलापमा शङ्का नगर्नुस् भन्ने होइन तर कुनै विषयमा नाम जोडेर लगाइएका आरोप र गरिएका आशङ्कालाई महिलाले सहन सक्दैनन् ।
– अधिकांश महिलालाई बलिष्ठ र सुगठित शरीर भएका पुरुष मन पर्छ । तर उनीहरूमा महीलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तव्य र जिम्मेवारी निभाउने पुरुष प्रथम रुचिमा पर्दछन् ।
– महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । जसलाई उनीहरू कुनै पनि सम्झौता गर्न चाहँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया