मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कारणले आउँछ डार्क सर्कल ?

सुन्दर अनुहार होस् भन्ने चाहाना सबैको हुन्छ । तर सबैको सोचे अनुरूपको अनुहार भइदिँदैन ।

कसैको अनुहारभरि डन्डिफोर आउने समस्या हुन्छ भने कसैको दाग,कसैको डार्क सर्कल आउने समस्या हुन्छ । यसैमध्ये आज हामी डार्क सर्कल के कारणले गर्दा आउँछ रु कसरी निर्मूल गर्ने लगायतका सन्दर्भमा जानकारी गराउँछौ । 

मुख्यतया आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । तर निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् ।

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखा वरिपरि ‘डार्क सर्कल’ देखा पर्ने गर्छ ।  यसले मानिसको सुन्दरतामै ह्रास ल्याउँछ । खराब जीन, छालासम्बन्धी रोग, एलर्जी, र मेकअप लगायतका कारणले पनि यस्तो समस्या निम्तन सक्छ । 

कसरी हटाउने त डार्क सर्कल ?

–भिटामिन ‘ए’युक्त खानेकुराहरू फर्सी, पाकेको मेवा, गाजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।

–कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।

–सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल हराएर जान्छ ।

–भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।

–अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।

–आँखा वरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?