मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा वायु प्रदूषणका कारण एक वर्षमा २१ लाखको मृत्यु

काठमाडौँ – विश्वभर वायु प्रदूषणका कारण एक बर्षमा ८० लाखभन्दा बढीको ज्यान गुमाएका छन् । विश्वका १० वायु प्रदूषित देशमध्ये भारत तेस्रो स्थानमा छ । एक रिपोर्टले भारतका ८३ सहरको हावा विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर दिशानिर्देशभन्दा खराब रहेको बताएको थियो ।

बुधबार सार्वजनिक गरिएको स्टेट अफ ग्लोबल एयरको प्रतिवेदन अनुसार सन् २०२१ मा वायु प्रदूषणका कारण ५ वर्ष मुनिका १.६ लाख बालबालिकाको मृत्यु भएको छ ।

प्रतिवेदनका अनुसार सन् २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८० लाखभन्दा बढीको मृत्यु भएको छ । जसमा भारतमा २१ लाख र चीनमा २३ लाख मानिसको मृत्यु भएको छ । ग्लोबल बर्डन अफ डिजिजमा आधारित अनुमान अनुसार, दक्षिण एसियामा ५ वर्ष मुनिका बालबालिकामा वायु प्रदूषणका कारण मृत्युदर प्रति १ लाखमा १६४ रहेको छ, जुन विश्वको औसत प्रति १ लाखमा १०८ रहेको छ।

सन् २०२१ मा वायु प्रदूषणले सबैभन्दा बढी भारतीय बालबालिकालाई लक्षित गरेको छ। सन् २०२१ मा भारतमा १६९,४००, नाइजेरियामा ११४,१००, पाकिस्तान, इथियोपियामा ३१,१०० र बंगलादेशमा १९,१०० बालबालिकाको मृत्यु भएको छ।

प्रतिवेदनमा वायु प्रदूषणको सबैभन्दा बढी असर बालबालिकामा परेको उल्लेख गरिएको छ । वायु प्रदुषणबाट हुने रोगको सिकार बालबालिकाहरु हुन्छन् र वायु प्रदुषणबाट हुने हानि गर्भबाटै सुरु हुन सक्छ । जसको असर स्वास्थ्यमा जीवनभर रहन्छ ।

बालबालिकामा देखिने प्रदूषण-सम्बन्धित स्वास्थ्य प्रभावहरूमा समयपूर्व जन्म, कम तौल, दम र फोक्सोका रोगहरू समावेश हुन सक्छन्। २०२१ मा, ५ वर्ष मुनिका २,६०,६०० भन्दा बढी बालबालिकाको वायु प्रदूषणको कारणले मृत्यु भएको थियो, यो कुपोषण पछि दक्षिण एसियामा यो उमेर समूहको लागि मृत्युको दोस्रो ठूलो कारण बन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?