मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतञ्जलि योग समितिले‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रङ्गशालामा योग विज्ञान शिविर सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, पतञ्जलि योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

महानिरीक्षक अर्यालले शारीरिक रूपमा स्वास्थ्य, मानसिक तवरले शान्त र आध्यात्मिक हुनको लागि योग अभ्यास निकै आवश्यक रहेको बताउँदै योगले राष्ट्रसेवक कर्मचारीहरूलाई समेत ऊर्जा प्रदान गर्ने बताए ।

महानिरीक्षक अर्यालले निकट भविष्यमा समेत सशस्त्र प्रहरी बल नेपाल र पतञ्जलि योग समितिको सम्बन्ध अझै बढि प्रगाढ हुने विश्वास व्यक्त गर्नुहुँदै योग शिविर संचालनमा प्रत्यक्ष रूपमा सहयोग पुर्याउने पतञ्जलि योग समिति तथा योग गुरुहरुप्रति हार्दिक आभार प्रकट गरे ।

सोही अवसरमा पतञ्जलि योग पिठका ट्रष्टी ई.शालिग्राम सिंह र पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?