काठमाडौँ – दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको प्रतिक्षित फिल्म ‘पुष्पा २– द रूल’ को प्रदर्शन मिति सरेको छ ।
यसअघि १५ अगस्ट २०२४ अर्थात साउन ३१ मा रिलिज हुने भनिएको फिल्म चार महिना पछाडि सारिएको हो। निर्माण टिमका अनुसार अब यो फिल्म फिल्म वर्षको अन्त्यमा अर्थात् ६ डिसेम्बर मंसिर २१ मा प्रदर्शन हुने भएको छ।
फिल्मको रिलिज मिति पोस्टपोन्ड भएको चर्चा भइरहेको समयमा निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे आधिकारिक जानकारी दिएको हो।
फिल्मको प्रदर्शन मिति सार्नुको मुख्य कारण पोष्ट प्रोडक्सनको केही काम बाँकी रहेको बताइएको छ। सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको यो फिल्म निर्माण घोषणादेखि नै निकै चर्चा र पर्खाइमा छ।
सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल यो फिल्ममा अल्लु र रश्मिकाका साथमा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली फिल्मको निर्माता हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया