मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा बदाम खानु स्वास्थ्यको लागि कतिको फाइदाजनक ?

काठमाडौँ– गर्मी मौसमका कारण मानिसहरुमा धेरै किसिमको रोगहरु लाग्ने गर्छ । यस मौसममा अधिकांश मानिसहरु सबैर उठेर बदाम खाने गर्छन् । तर यस समयमा बदाम खानु उचित हो वा होइन भन्नेबारे अधिकांश मानिहरु द्विविधामा पर्ने गर्छन् । तर गर्मीमा बदान खान आवश्यक छ । यसबारे आज हामी तपाईलाई जानकारी दिन्छौँ ।

धेरै खाँदा नोक्सान हुन सक्छ ।
गर्मीमा अधिकांश मानिसहरु तातो प्रकृतीका खानेकुराहरु खानबाट पछि हट्छन् । किनकि यस्तो खानेकुरारले हाम्रो शरीरमा प्राकृतिक रुपमा तातो बढाउँछ । र धेरै प्रकारको रोगहरु लाग्न सक्छ ।

बासो बढ्न थाल्छ
गर्मीमा बदाम धेरै खाँदा शरीरमा क्यालोरीको मात्रा बढ्छ । यसको साथै फ्याट पनि बढ्छ । शरीरमा यसको मात्रा बढ्ने वित्तिकै तौल बढ्न थाल्छ । साथै भोकले सताउन थाल्छ । त्यसैले पनि गर्मीमा तपाई बदामको धेरै सेवन गर्नबाट बच्नुपर्छ ।

पाचनलाई प्रभावित बनाउँछ
गर्मीमा धेरै बदाम खाँदा शरीरमा फाइबरको मात्रा बढी हुन्छ । जसले गर्दा पाचन क्रियामा प्रभावित हुन्छ । यसैमा मानिसमो पेट फुल्ने, कब्जियत हुने, पेट खराब गर्ने जस्ता समस्याहरु आउन थाल्छन् ।

थकान र कमजोरी
बदाममा भिटामिनको मात्रा धेरै हुन्छ । जब तपाई बदामको सेवन गर्नुहुन्छ शरीरमा भिटामिन इको मात्रा धेरै हुन्छ । जसले गर्दा व्यक्तिलाई थकान र कमजोरीका महसूस हुने गर्छ । यसबाहेक झाडापखालाजस्ता समस्या हुने गर्छ ।

स्कीनमा समस्या
बदामको बोक्रा तातो हुन्छ । त्यसैले बढी बदाम खाएमा अनुहारमा पिम्पल, रातो खटिरा, जस्ता अनुहारको छालामा विभिन्न समस्या आउने गर्छ ।

गर्मीमा बदामको सेवन कसरी गर्ने ?
काँचो बदाम खाँदा शरीरमा भित्रैदेखि गर्मी महसूस हुन्छ । र धेरै गर्मीको कारण शरीरमा तातो पैदा हुन्छ । जसले गर्दा पाचन प्रभावित हुन्छ । पेटमा विभिन्न समस्याहरु देखा पर्न थाल्छ ।

यसरी गर्नुहोस् सेवन
गर्मीमा यदि बदाम खानुहुन्छ भने भिजाउनु पर्छ । पानीमा भिजाउँदा बदाममा भएको तातो निस्कन्छ । राती सुत्दा तपाई एउटा कचौरामा ६ देखि ७ वटा बदाम भिजाएर राख्नुहोस् । १० देखि १२ घण्टासम्म भिजाएपछि तपाई यसको सेवन गर्न सक्नुहुन्छ । रातभर भिजेको बदाममा एन्जाइम लिपेस नामक तत्व निस्कन्छ । जसले गर्दा बदामलाई बचाउन सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?