काठमाडौँ – गर्मीमा छालामा चाउरीपना र जलन जस्ता समस्या मात्रै नभएर पसिनाको दुर्गन्धले लाजमर्दो पनि महसुस गर्नुपर्ने हुन्छ । यसबाट छुटकारा पाउन घरमा राखिएका केही चीजलाई पानीमा हालेर नुहाउन सकिन्छ ।
गर्मीमा बढ्दो तापक्रमले स्वास्थ्य समस्या मात्रै होइन, पसिनाका कारण शरीरबाट आउने दुर्गन्धले कहिलेकाहीँ मानिसलाई लाजमर्दो बनाउँछ । यसले व्यक्तिगत स्वास्थ्यमा पनि नराम्रो असर गर्छ । वास्तवमा गन्ध आउनुको कारण पसिना होइन, यसमा हुने ब्याक्टेरिया हो ।
शरीरको दुर्गन्ध कम गर्न मानिसहरु धेरै प्रकारका महँगो डिओडोरेन्ट र अत्तरको प्रयोग गर्छन् । तर, यी चिजहरूले शरीरमा सुगन्ध महसुस गराए पनि पसिनामा हुने ब्याक्टेरियालाई रोक्न सक्दैन । केही प्राकृतिक तत्वहरूले तपाईंलाई यो समस्याबाट छुटकारा दिन सक्छन्।
गर्मीमा आफ्नो शरीरबाट आउने पसिनाको दुर्गन्धले समस्यामा परेका मानिसहरु मध्ये तपाई पनि हुनुहुन्छ भने सबैभन्दा पहिले खाना र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । गर्मीमा सिन्थेटिक र टाइट लुगा लगाउनु हुँदैन, किनभने यस्ता कपडामा पसिना सुक्दैन, जसका कारण दुर्गन्ध आउन थाल्छ । यसबाहेक पानी प्रशस्त पिउनुपर्छ । अहिले पसिनाबाट आउने दुर्गन्धबाट बच्न पानीमा केही चिज मिसाएर नुहाउन सकिन्छ ।
कागतीः कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ । यसका लागि कागति काटेर यसको आधा भागलाई काखीमुनी दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखी मुनि रगड्न सकिन्छ ।
गुलाब जलः पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाबजल । यसका लागि नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिँदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्दछ ।
नीमको पातः नीमको पातले पनि शरीरमा दुर्गन्ध फैलन रोक्छ । दुर्गन्धको साथमा नीमको पातले शरिमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ । यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन गाह्रो पर्दैन ।
बेकिङ सोडाः पसिनाको दुर्गन्ध हटाउन अर्को घरलु उपाय हो बेकिंग सोडा । यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थलाई सोसेर सफाइ गर्छ । यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ । घरमा भएको बेकिङ सोडालाई सामान्य रुपवमा प्रयो गर्ने बानी बसाल्नुभयो भने दुर्गन्ध वरपर पर्दैन ।
पुदिनाः पुदिनाको सहयोगमा पनि पसिनाको दुर्गन्धलाई टाढा पठाउन सकिन्छ । पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरियालाई मेटाउँछ । यसले गर्दा शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ ।
बेसनः बेसन पनि पसिनाको दुर्गन्धको शुत्र नै हो । थोरै बेसनलाई दही मिसाएर बनेको पेस्ट प्रयोग गर्दा पनि पसिनामा हुने दुर्गन्धबाट बच्न सकिन्छ । यो पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउनुपर्छ । १० मिनेटपछि त्यसलाई पखाल्नुपर्छ । यसले दुर्गन्धयुक्त पसिनालाई बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ ।
महः महले पनि पसिनाको दुर्गन्धलाई हटाउन र त्यसबाट बच्न सहयोग गर्छ । नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्नुपर्छ । यसबाट पनि पसिनाको दुर्गन्ध हट्छ ।
हाइड्रोजन पेरोक्साइडः हाइड्रोजन पेरोक्साइडको प्रयोग पनि पसिनको दुगन्धबाट बच्ने सरल उपाय हो । यसलाई एक चम्चा आधा कप पानीमा मिसाएर दिनमा ३(४ पटक काखी मुनि लगाउादा तपाईको शरीरबाट निस्कने दुग्नध निर्मुल हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया