मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरो खस्दा मुग्लिङ मलेखु खण्ड अवरुद्ध

भरतपुर– पहिरो खसेसँगै मुग्लिन मलेखु सडक खण्ड अवरुद्ध बनेको छ।

पृथ्वी राजमार्गको मुग्लिङ मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।     

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख निरला भण्डारीले बताए। यतिबेला अहिले पहिरो पन्छाउने काम जारी रहेको छ। 

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन्। सवारी चल्न नसक्दा यात्रु सास्ती खेप्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?