मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

काठमाडौँ- साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ’स्व’ लोकार्पण भएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’ स्व–अस्तित्वको खोजको कथा भएको बताइन्, ‘जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ।’

उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उनले थपिन्,‘बौद्ध–दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतारेकि छन्। बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ। कलात्मक भाषा–शैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ।’

सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वती प्रतीक्षाले बताइन्।

‘यसमा समाज छ,दर्शन छ र चिन्तन पनि छ। शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु।’

सात वर्षअघि प्रकाशित ‘नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो। बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को मूल्य ५९९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?