मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विदेश आउने भनेर आँंखा चिम्लेर हुतिएर नआउनुहोला

भक्तपुर– विगत २४ वर्षदेखि अष्ट्रेलियाको सिडनीस्थित कलेजमा अध्यापनरत डा सोजेन प्रधानले विदेश आउने नाममा अन्धाधुन्ध आँंखा चिम्लेर आउने गल्ती नगर्न सुझाएका छन् ।

अष्ट्रेलियामा स्थायी वसोबास गरिरहेर हाल केही दिनका लागि नेपाल आएका भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थानका उनले सवैकुरा बुझेर मात्रै विदेश आउन नयाँं पुस्तालाई सुझाब दिएका छन् । 


सकेसम्म नेपालमै केही गर्न कोसिस गर्नुस्, उनले नयाँं पुस्तालाई लक्षित गर्दै भने, भएन भने विकल्पको रुपमा मात्रै विदेश आउने सोच्नुस् । उनले सबै नेपाली विदेश पुग्दा देशको दुर्दशा हुन थालेको भन्दै चिन्तासमेत व्यक्त गरे । 

विदेशमा रहे पनि देशको लागि केही गर्ने हुतहुती छ, उनले थपे, त्यही कारण केही गर्न सकिन्छ भनेर नेपाल आउने गरेको छ । आफूले विशेष गरेर अनुसन्धानको काम गरिरहेका र त्यसलाई नेपाल र नेपालीसँंग जोडेर नेपालकै फाइदाका लागि गर्ने प्रयास गरिरहेको जानकारी उनले गराए । भक्तपुर नवदुर्गास्थानका पुख्र्याैली घर दाजुभाइलाई भाग दिएर उनी अहिले अष्ट्रेलियामा स्थायी बसोबास गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?