मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरमा रक्तदान

भक्तपुर – विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार भक्तपुरका रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गोर्खा इको प्यानल जगाती भक्तपुर, गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि झौखेल भक्तपुर र गोर्खा चाइनिज इटा काभ्रे गरी तीन वटा व्यावसायिक ससंस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नाफा लिने उद्देश्यकासाथ सञ्चालित व्यावसायिक संस्थाहरूले नाफाको केही रकम सेवामा लगाउनुपर्ने व्यवस्था अनुसार दोस्रो पटक रक्तदान कार्यक्रम गरेको कम्पनीहरूका अध्यक्ष विश्वराम कवांले बताए । 

उनका अनुसार तीन वर्ष अघि पनि संस्थाले पहिलो पटक रक्तदान कार्यक्रम गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । 

कार्यक्रममा ३५ पुरुष र दुई जना महिला गरी कुल ३७ जनाले रक्तदान गरेका थिए । रक्तदानमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी झौरबहीमा भएको थियो । 
 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?