मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मृत्यु पश्चात् पनि शरीरका यी अङ्गहरूले काम गर्छन्

मृत्यु भन्नासाथ हामी सम्पूर्ण जीवनको नै अन्त्य भन्ने बुझ्छौ । मृत्यु पश्चात् शरीर एक मुडमा परिवर्तन हुन्छ जुन निष्क्रिय र अचल रहन्छ ।

कुनै पनि व्यक्तिको मृत्यु पछि लासलाई कि त जलाइन्छ वा गाडिन्छ । त्यस्तै केही व्यक्तिले भने आफ्ना अङ्ग दान पनि गर्छन् । तर के तपाईँलाई थाहा छ ? मरेपछि शरीरका केही अङ्गहरूले लामो समयसम्म काम गर्छन् ? 

अङ्ग दानका लागि डाक्टरले मृत्युको आधा घण्टाभित्र शरीरबाट मिर्गौला, लिवर र हृदय बाहिर निकाल्ने कोसिस गर्छन् । यी सबै अङ्ग करिब ६ घण्टासम्म काम गर्न सक्छन् ।

यस्तो पनि मान्यता छ कि जो बिरामीलाई यी अङ्गहरू ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ, उनीहरूलाई ६ घण्टाभित्र पूरा गर्नुपर्ने हुन्छ । त्यस्तै व्यक्तिको मृत्युपछि पनि शरीरको कपाल र नङ लामो समयसम्म जिउँदै रहन्छन् ।

यी दुवै आफै बिस्तारै बढ्ने गर्छन् । जब शरीरमा मुटुको धड्कन बन्द हुन्छ, त्यसपछि यसको केही मिनेटसम्म पनि दिमाग सक्रिय बनिरहन्छ । मांसपेशीहरू पनि केही बेर आफ्नो कार्य गरिरहने गर्छन् ।

आँखा 

मृत्युपछि कैयौँ व्यक्तिले आफ्नो अङ्ग दान गर्छन् । मरेको करिब ६ घण्टाभित्र आँखालाई निकाल्न जरुरी हुन्छ । आँखा ६ देखि ८ घण्टासम्म जिउँदै हुन्छ ।

छाला 

कुनै पनि व्यक्तिको मृत्यु पछि छाला २४ घण्टा भन्दा पनि धेरै जिउँदै रहन्छ । शरीरका केही कोशिकाहरूले छालालाई जिउँदै राख्न सहयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?