मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिज: आजदेखि ‘बाटो’ प्रदर्शनमा, गाउँ आएको बाटो दोस्रो हप्तामा

काठमाडौँ– थ्रीलर फिल्म ‘बाटोः रोड टु डेथ’ आजदेखि सिनेमा घरमा प्रदर्शनमा आएको छ । सस्पेन्स थ्रीलर भनिएको यो फिल्म ट्रेलर रिलिजपछि चर्चामा छ ।

बुधवार गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्मको प्राविधिक पक्षको तारिफ गरिएको छ ।

फिल्मलाई मदन थापाले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ । ‘ए’ सर्टिफिकेट पाएको यो फिल्म हेर्नका लागि १६ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

त्यस्तै आजबाट नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । दयाहाङ राई र पशुपति राईको शीर्ष भूमिका रहेको यो फिल्म गाउँमा बाटो पुगेपछि देखिएको मानव जीवनमा परेको प्रभावको विषयमा आधारित छ ।

त्यस्तै जेठ १० गतेदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ पनि प्रदर्शनरत छ । पूजार सार्कीमा प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ भने दिनेश राउतको निर्देशन छ ।

यस्तै फर्की फर्कीमा अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

तुलनात्मक रुपमा आजबाट प्रदर्शनमा आएको फिल्म ‘बाटो’ ले सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा कम शो पाएको छ । यो फिल्मले क्यूएफएक्सका हलमा ८ शो पाएको छ भने गत हप्ता प्रर्दशनमा आएको फिल्म ‘गाउँ आएको बाटो’ ले ९ शो पाएको छ ।

यस्तै ‘पुजार सार्की’ ले चौथो हप्तामा आइपुग्दा पनि ७ शो पाएको छ भने अनमोलको ‘फर्की फर्की’ ले जम्मा ३ शो पाएको छ ।

आजदेखि प्रदर्शनमा आएको ‘बाटो’ कस्तो छ?

मदन थापाको लेखन, सम्पादन तथा निर्देशन रहेको यो फिल्म कम बजेटमा निर्माण गरिएको फिल्म हो । काठमाडौँबाट धरानको यात्राका क्रममा बाटोमा भएको एक अप्रत्यासित घटनामा फिल्म आधारित छ ।

सुलक्षण भारती, उत्पल झा, रक्षा थापा, आशान्त शर्मा, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको यो फिल्म थ्रीलर जनराका फिल्म मन पराउने दर्शकका लागि मन पर्न सक्छ ।

फिल्ममा कलाकारले गरेको अभिनय, ब्याकग्राउण्ड म्युजिक र छायांकन पक्ष उत्कृष्ट छ । संवाद र कथानकमा भने फिल्म टिम चुकेको छ । फिल्मका केही दृश्य भने गज्जबले पर्दामा उतारिएका छन् ।

यो फिल्मका कतिपय प्राविधिक काम भारतको चेन्नईमा गरिएको निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?