मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी स्वस्थ राख्ने दाँत ?

काठमाडौँ – मानवका लागि दाँतको महत्त्व चपाउन मात्र नभएर सुन्दरता र मुस्कानसम्म जोडिन्छ । 

दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ । आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ ।  दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।

बिहान उठ्ने बित्तिकै र राति सुत्नु अगाडी दाँत माझ्ने गर्नुपर्छ । यदि सुगर लगायत अन्य शरीर को प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसका लागि भने हरेक पटक खाना खाए पछि दाँत माझ्नु पर्छ ।

यसबाहेक स्वस्थ दाँतका लागि के के गर्ने त ? आज हामी यसैको चर्चा गर्दै छौँ । 

– सबैभन्दा महत्त्वपूर्ण कुरा त मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुपर्छ, खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । आफ्नो आहारमा चिनीको मात्रा निकै कम गर्नुस् । त्यस्तै, जंकफुड सेवनबाट पनि बच्ने गर्नुस् । खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्न नबिर्सनुस् । 

– दिनमा दुई पटक ब्रस गर्न जरुरी छ । कतिपयले रातको समय ब्रस गर्दैनन् । तर, रातमा अनिवार्य ब्रस गर्नुपर्छ । अन्यथा, मुखमा रहेका ब्याक्टेरियाले दाँतलाई कमजोर बनाउन सक्छन् । 

– आफ्नो आहारमा फलफूल पर्याप्त समावेश गर्नुस् । यसमा इन्जाइम र अन्य जरुरी पोषण पाइन्छ, जसले दाँतलाई प्राकृतिक तरिकाले नै सफा गर्छ । भिटामिनको मात्रा पर्याप्त भएका फल दाँत मात्रै नभएर समग्र शरीर स्वस्थ राख्नका लागि आवश्यक पर्छ । 

– पानीले प्राकृतिक माउथवासको काम गर्छ । त्यसैले पर्याप्त पानी पिउनुस् । दाँतमा चिया, कफी वा अन्य खानेकुराको दाग रहँदैन । दाँतमा कुनै खराबी देखिएमा तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?