अध्ययन ज्ञान र आनन्द प्राप्तिको माध्यम हो । अध्ययनले मानिसलाई सक्षम र सफल बनाउन सहयोग पुर्याउँछ । तर, धेरै मानिसहरू अध्ययन गर्न अल्छी मान्छन् ।
बरु बहाना बनाउँछन् पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन ।
– सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ । त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढ्दै गएपछि भने आफ्नो रुचि ठ्याक्कै थाहा हुन्छ । मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ । कसैलाई आख्यान मन पर्ने हुन सक्छ भने कसैलाई गैर आख्यान । आफू जे पढ्दा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ ।
– घरमा होस् या यात्रामा निस्कँदा किताब र नोट कपी सँगै लैजाने गर्नुहोस् । किताब झिकेर पढ्दा समय पनि बित्छ र ज्ञान पनि बढ्छ । बाथरुममा पनि म्यागेजिन र छोटा कथाका किताबहरू राखौँ । झोलामा किताब बोक्न नभुलौँ । सजिलै उपलब्ध हुने ठाउँमा किताबहरू राखेमा जुनसुकै बेला पनि पढ्न सकिन्छ ।
– हरेक दिन यस समयमा पढ्छु भनेर रुटिन बनाउनुस् । बिहान, लन्च ब्रेक, साँझ वा सुत्ने समय जतिवेला सहज महसुस हुन्छ, त्यतिवेला केही पाना पल्टाउनुस् । बिस्तारै पढ्ने बानी पर्छ ।
– मोबाइललगायतका डिभाइस र होहल्लाले ध्यान भङ्ग गरिरहेका हुन्छन् । त्यसैले शान्त स्थानमा बसेर पढ्नु राम्रो हुन्छ ।
– एकैचोटी धेरै पढ्न खोज्दा पढ्न सकिँदैन । भर्खरै पढ्न सुरु गरिएको छ भने कुन कुन पुस्तक पढ्ने भनेर छनोट गर्नुस् । पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस् । आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने । पुस्तक पढ्ने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया