काठमाडौँ – बलिउड निर्माता तथा निर्देशक करण जोहर फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बइ उच्च अदालत पुगेका छन् ।
शुक्रबारबाट रिलिज हुने सो फिल्मले आफ्नो ब्राण्डको दुरुपयोग गरेको भन्दै उनले मुद्धा दर्ता गराएका हुन् । उनले मुद्दाको टुङ्गो नलागुन्जेलसम्म फिल्म रिलिज रोक लगाउन पनि माग गरेका छन्।
आफ्नो नाम जोडिएपछि यसले करण जोहर पनि फिल्ममा रहेछ भन्ने भ्रम ठूलो मात्रामा जनताको मनमा पैदा गर्ने उनको दाबी छ । करणका वकिल पराग खण्डराका अनुसार यो मुद्दामा बिहीबार सुनुवाइ हुँदै छ।
करणले मुद्दामा फिल्मसँग आफ्नो कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै निर्माताले गैर कानुनी रूपले आफ्नो नामको प्रयोग गरेको आरोप लगाएका छन्। यो फिल्म इण्डियाप्राइड एडभाइजरी प्रालिले बनाएको हो। फिल्ममा सञ्जय सिंह र बब्लू सिंहको निर्देशन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया