मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कल रेकर्ड गर्न मिल्ने फिचर ल्याउँदै आइफोन

काठमाडौँ – आइफोनको नयाँ अपरेटिङ सिस्टम आइओएस १८ मा फोन रेकर्ड गर्ने फिचर थपिने भएको छ । कल रेकर्ड र ट्रान्सक्राइभ यो फिचर आइफोन १२ र सोभन्दा नयाँ मोडलहरूमा उपलब्ध हुनेछ।

अन्तर्राष्ट्रिय प्रविधि वेबसाइट द भर्जका अनुसार एप्पलले आइओएस १८ मा कल रेकर्ड र ट्रान्सक्राइभ फिचर उपलब्ध गराउनेबारे सोमबार आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडिसी)मा घोषणा गरेको हो।

कल रेकर्डिङ फिचर प्रयोग गर्दा जुन व्यक्तिसँग कलमा भइन्छ, सो व्यक्तिलाई भइरहेको कल रेकर्ड गरिएको भने जानकारी गराइने समेत एप्पलले जनाएको छ। 

अडिओको ट्रान्सक्राइभ अथवा लिखित भने फोनको नोटमा गएर बस्नेछ। कलको ट्रान्‍सक्राइभ सकेपछि नोट एपबाटै एप्पलको एआई प्रविधिबाट सारांश निकाल्न सकिन्छ।

कम्पनीका अनुसार आइओएस १८ मा  कस्टमाइज गर्न मिल्ने होमपेज, कन्ट्रोल सेन्टरमा केही परिवर्तनहरू र ट्याप रेस्पोन्समा पनि केही सुधार गरिने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?