मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अण्डा कसरी खाने, कति खाने ?

काठमाडौँ – अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन् । वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ ।

ती सबैका अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यतः सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ । तर एक दिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईँलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? आउनुहोस् यस बारेमा चर्चा गरौँ

चिकित्सकहरू पोषक तत्त्वले भरपुर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्त्वले भरपुर हुन्छ। 

आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटिन पनि हुन्छन्। खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटिनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ। 

अण्डामा कोलेस्ट्रोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिस हार्ट फाउन्डेसनले सन् २००७ मा हप्तामा तीन वटा अण्डा मात्र खाने सल्लाह दिएको थियो। 

डाइटिसियनका अनुसार अण्डा खानु छ भने सादा तरिकाले उमालेर खानुपर्छ। अम्लेट बनाइएको या फ्राई गरिएको अण्डामा कोलेस्ट्रोलको मात्रा बढ्छ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ। अण्डाको सेतो भागलाई डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने  पहेँलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?