काठमाडौँ– गर्मीमा सबै फलको स्वाद चाख्ने मौका मिल्छ । तरबुजादेखि खरबुजालगायत यो समयमा धेरै फलफूलहरू पाइन्छ । जुन स्वादिष्ट हुनुका साथै हामीलाई हाइड्रेट राख्न पनि धेरै सहयोग गर्छ ।
लिची पनि यसमध्ये एक हो । जुन यस समयमा धेरैलाई मनपर्छ । लिचीलाई कतिपय मानिसले त कुरेर पनि बसेका हुन्छन् । लिची स्वादिष्ट हुनुका साथै स्वास्थ्यको लागि फाइदाजनक पनि छ ।
लिचीले धेरै समस्याबाट राहत मिल्छ । तर के तपाईँलाई थाहा छ लिची मात्रै नभएर यसको बिया पनि खान मिल्छ । यसले पनि हाम्रो स्वास्थ्यमा धेरै नै फाइदा गर्छ । आउनुहोस् लिचीको बियाको फाइदा र यसलाई प्रयोग गर्ने तरिकाबारे जानकारी लिऔँ ।
मुटुको स्वास्थ्यको लागि फाइदाजनक
केही अनुसन्धानबाट लिचीको बिया मुटुको स्वास्थ्यको लागि फाइदाजनक छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्न, स्वच्छ रगत वहनको लागि मद्दत गर्छ । साथै यसले मुटुका रोगलाई कम गर्न पनि मद्दत गर्छ ।
मधुमेहबाट बचाउँछ
केही अध्ययनले लिचीको बियाको सेवनले सुगर रोगबाट पनि बचाउँछ । यसमा ब्लड सुगर नियन्त्रण गर्छ । इन्सुलिन सेसिबिटीलाई बढाउनका लागि मद्दत गर्छ । साथै सुगरसँग जोडिएका जोखिमलाई कम गर्ने क्षमता हुन्छ । यसका साथै सुगर रोगबाट पीडित या यस स्थितिको विकसित हुने जोखिमका व्यक्तिहरूलाई यो फाइदाजनक छ ।
एन्टिअक्सिडको मजबुत गुण
लिचीको बियामा अर्क मजबुत गुण हुन्छ । जुन यो कैयन गुणा फाइदाजक हुन्छ । यो अर्क पलिफेनोल्स, फ्लेवोनोइड्स र प्रोएथोसाइनिडिनले भरिपूर्ण हुन्छ । जो शरीरमा शक्तिशाली एन्टीआक्सिडेंटको रूपमा काम गर्दै आएको छ । यो एन्टीअक्साडेंट हानिकारक फ्री रेडिकल्सको अन्त्य गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । जसलाई अक्सीडेटिव स्ट्रेल कम हुन्छ । र, क्यान्सर, सुगर तथा हृदयसँग सम्बन्धित बिमारीलाई खतराबाट कम गर्छ ।
छालाको लागि गुणकारी
स्वास्थ्यको लिची कपालको लागि पनि राम्रो हुन्छ । तर तपाईँलाई थाहा छ लिचीको बिया त्वचाको लागि पनि फाइदाजनक छ । लिचीको बियाले त्वचामा रहेको पानीफेनोल्सको मात्रा र हाइड्रेशसनमा सुधार गर्नको लागि मद्दत गर्छ । साथै यसले युवाहरूको छाला चमकदार बनाउँछ ।
लिचीको बियालाई कसरी प्रयोग गर्ने
लिचीको बियाको बारेमा त तपाईँहरूलाई जानकारी भइसकेको छ । अब तपाईँलाई यसरी कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी गराउने छौँ ।
लिचीको बियाको अर्को रूप डाइटमा पनि सहभागी गराउन सकिन्छ । यसलाई सामान्य रूपमा क्याप्सुल तथा पाउडरको रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई रुटिन बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
यसका साथै तपाई घरमा पनि लिचीको बियाबाट आर्क बनाउन सकिन्छ । यसको लागि बियालाई निकालेर राम्रोसँग सफा गरेर सुकाउनुहोस् ।
राम्रोसँग सुकेपछि ब्लेन्डर वा मसलको ग्राण्डरबाट यसलाई पिस्न सकिन्छ । घरमा बनाइएको लिचीको बिचको यस पाउडरको स्मुदी, दही मिलाएर प्रयोग गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया