मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुर्कुच्चा दुख्ने समस्या किन हुन्छ ?

कुर्कुच्चा दुख्ने समस्या प्राय महिलाहरूमा बढी हुने गर्छ । किनभने उनीहरूले धेरै बेर उभिऐरै भान्साको काम गर्ने गर्छन् । अग्ला–अग्ला हिल स्यान्डलहरु प्रयोग गर्ने हुन्छन् । 

यसो हुँदा कुर्कुच्चालाई बल पर्ने गर्छ । यस्तै कुर्कुच्चामा बढी जोड पर्ने कामहरू गर्दा जस्तै धेरै समय नाचिरहँदा, शारीरिक बनावटको कारण फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ ।

मोटोपन भएका व्यक्तिहरूमा प्राय यो रोगको समस्या  देखिने गर्छ । कसरत नगर्नेहरूलाई र ठूला हिल भएका स्यान्डल, जुत्ता चप्पल लगाउनेहरूलाई पनि यो समस्या हुन सक्छ ।

यसकारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा अत्यधिक दुखाइ हुन्छ । जुन सियोले रोपेको जसरी चसक्क दुख्छ। दुखाइ कहिबेर हिँड्यो भने कम भएको अनुभव हुन्छ ।

तर फेरि लामो समय एकै ठाउँमा उभिँदा दुखाइ बढ्न जान्छ । प्रायजसो मोटोपन भएका र लामो समय एकै ठाउँमा उभिने मानिसहरूमा यो रोग बढी देखिने हुन्छ । धेरै जसो महिलालाई यो समस्या बढी हुने गर्छ ।  प्राय ३० देखि ६० वर्ष उमेर समूहमा यो बढी देखिन्छ । 

कुर्कुच्चा दुख्ने रोगलाई प्लान्टर फासिआइटिस भनिन्छ । कुर्कुच्चादेखि बुढी औँलासम्म एक प्रकारको मासुको झिल्ली हुन्छ, त्यो सुन्निएर दुखाइ  हुन जान्छ ।

लामो समयसम्म यस्तो कुर्कुच्चा  दुख्ने समस्या भइरह्यो भने यसले गर्दा गोडा, घुँडा र ढाड दुख्ने समस्या पनि निम्तिन सक्छ । तसर्थ समयमा नै यसको उपचार तिर लाग्दा राम्रो हुन्छ ।

यो रोग पत्ता लगाउन महँगो जाँच कुनै गर्नुपर्दैन । बिरामीले भनेका लक्षणका आधारमा रोगको पहिचान हुन्छ । कहिलेकाहीँ गर्नै परेमा खुट्टाको एक्स-रे गरेर हेरिन्छ । यस्तै समस्या अरू रोगहरूमा पनि देखिने हुँदा ढाडको एमआरआई गर्नुपर्ने हुन्छ । 

यस्तो छ रोकथामको उपाय 

–९० प्रतिशत यो रोगका बिरामीहरू फिजियोथेरापी गरेर निको हुने गर्छन्, त्यसैले नियमित फिजियोथेरापी गर्नु पर्दछ ।

–कुर्कुच्चामा आईसले सेक्ने गर्नुपर्छ ।

–सजिलो जुत्ताको प्रयोग गर्नुपर्दछ ।

–चिकित्सकको सुझाव अनुसार दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्ने गर्नुपर्दछ ।

–बिरामीहरूलाई अरू कुनै बाथ रोगको कारणले यस्ता खाले दुखाइ पनि  हुनसक्छ तसर्थ  लामो समय दुखाइ भएकाहरूले बाथ रोगका चिकित्सकसँग परामर्श गर्दा उचित हुन्छ ।

–लामो समय एउटै ठाउँमा नउभिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?